विराटनगरबाट सन्दीपसहित ६ खेलाडी रिटेन

विराटनगरले सन्दीपसहित बसिर अहमद, लोकेश बम, नारायण जोशी, प्रतिष जिसी र सुवास भण्डारीलाई रिटेन गरेको जनाएको छ ।

असार २, २०८३

विनोद पाण्डे

6 players including Sandeep retained from Biratnagar

काठमाडौँ — विराटनगर किंग्सले आउँदो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि मार्की खेलाडी सन्दीप लामिछानेसहित ६ खेलाडीलाई सोमबार ‘रिटेन’ घोषणा गरेको छ ।

विराटनगरले सन्दीपसहित बसिर अहमद, लोकेश बम, नारायण जोशी, प्रतिष जिसी र सुवास भण्डारीलाई रिटेन गरेको जनाएको छ । त्यस्तै टोलीले नरेन भट्ट, सूर्य तामाङ, साहिल पटेल, शंकर राना, श्रवण किस्कु, आयुष न्यौपानेलाई ‘रिलिज’ गरेको छ ।

गत सिजन लिग चरणमा शीर्ष दुई स्थानमा रहेपछि विराटनगरले क्वालिफायर खेलेको थियो, तर टोली सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो भने क्वालिफायर २ मा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । पहिलो सिजनमा भने टोली शीर्ष चारमा पर्न सकेको थिएन ।

गत सिजन विराटनगरबाट दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र मर्चेन्ट डी लाङ्गे, न्युजिल्यान्डका मार्टिन गप्टिल, अस्ट्रेलियाका सामुइल हिजलेट, स्कटल्यान्डका जर्ज मन्सी, अमेरिकाका शुभम रञ्जने र सेहन जयसुर्या खेलेका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully