१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

विनोद पाण्डे

विनोद पाण्डेका लेखहरु :

अल्झिएको घोषित पुरस्कारको गाँठो

एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली बुधबार दुबई जाँदै छ । तर, यू–१९ का खेलाडीले १० महिनाअघि घोषित पुरस्कार रकम अझै पाएका छैनन् । उनीहरू पुनः खाली हात महत्त्वपूर्ण प्रतियोगिता खेल्न जाँदै छन् । 

ओमान अपराजित च्याम्पियन

यसअघि ट्वान्टी–२० मा ‘टाइ’ को अनुभव भए पनि नेपालले कहिल्यै सुपर ओभरको सामना गरेको थिएन । ओमानले नेपाललाई सुपर ओभरको राम्रो अनुभव गराउँदै ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ ।

रोमाञ्चक फाइनलमा नेपाल ओमानसँग पराजित

ओमानले रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरी ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । ओमानले ९ विकेट गुमाई १ सय ८४ रन बनाएपछि खेल टाइ भएको थियो र निर्णय सुपर ओभरमा पुगेको थियो ।

गुल्शन र रोहितको अर्धशतक, नेपालद्वारा ओमानलाई १८५ रनको लक्ष्य

गुल्शन झाको आक्रामक र कप्तान रोहित पौडेलको जिम्मेवारीपूर्ण अर्धशतकमा नेपालले ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा ओमानलाई १ सय ८५ रनको लक्ष्य दिन सफल भएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णयमा गुल्शनले रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १ सय ८४ रन बनाएको हो ।

ओमानसँग बदला लिने नेपालको दाउ

नेपालले ओमानविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यूएईसँग मिठो बदला

नेपालसामु यूएईको खेल जित्दै एउटा होइन, दुइटा बदला लिनुपर्ने खास कारण थियो । यस बदलाले नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेटसम्म पनि डोर्‍याउँथ्यो । नेपालले शुक्रबार असाधारण हिसाबमा खेल्दै यही प्रकृया पूरा गरी ट्वान्टी–२० विश्वकप यात्रा तय गरेको थियो ।

पाइला विश्वकपतर्फ

नेपालले शुक्रबार सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपमा छनोट हुँदै २०२४ जुनमा वेस्ट इन्डिज र अमेरिकाको यात्रा तय गरेको छ । नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । यसअघि पहिलो पटक सन् २०१४ मा खेलेको थियो ।

यूएईविरुद्ध सानदार जित हात पार्दै नेपाल ट्वान्टी-२० विश्वकपमा

नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । नेपालले शुक्रबार यूएईविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो ।

यूएईले दियो नेपाललाई १३५ रनको लक्ष्य

नेपालले यूएईविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल जित्न १ सय ३५ रनको लक्ष्य पाएको छ । मूलपानी क्रिकेट मैदानमा शुक्रबार यूएईले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गर्दै १३४–९ को स्कोरमा रोकियो ।

यूएईलाई पराजित गरी दशकपछि नेपाल विश्वकप खेल्न आतुर

नेपालले यूएईसँग बदला लिँदै अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनोट हुने अवसर पाएको छ । ओमानसँग ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको बिहीबार समूह चरणको अन्तिम खेलमा ५ रनको हारपछि नेपाल समूहको उपविजेता भएर यूएईसँग खेल्नुपरेको हो ।