भुर्तेलसहित अर्जुन कुमाल, दीनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरण ठगुन्नालाई रिलिज गरेको हो ।
काठमाडौँ — पोखरा एभेन्जर्सले आउँदो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि ‘रिटेन तथा रिलिज’ खेलाडीको घोषणा गरेको छ । टोलीले मार्की खेलाडी कुशल भुर्तेलसहितलाई ‘रिटेन’ गरेको आइतबार जनाएको छ ।
भुर्तेलसहित अर्जुन कुमाल, दीनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरण ठगुन्नालाई रिलिज गरेको हो । साथै टोलीले कृष्ण पौडेल, तृतराज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र रोहित चन्दलाई रिलज गरेको जनाएको छ ।
कुशल भुर्तेल दुवै सिजनको एनपीएलमा गरी एक पटक पनि प्लेअफमा नपुग्ने एक्लो टोली हो । गत सिजन पोखराबाट न्युजिल्यान्डका जिम्मी निसम, इंग्ल्यान्डका जेसन, रोय, एडम रोसिङटन, ड्यान डावथवेट, श्रीलंकाका धनन्जय लक्षण, भारतका रिषी धवनलगायतका खेलाडी खेलेका थिए ।
