चिन्डो लौकाजस्तै लहरामा फल्ने प्रजातिको एक वनस्पति फल हो । चिन्डोलाई किरात राई जातिले मुन्दुम धार्मिक कार्यमा नाक्सो (कुलपुजारी), ज्वाम्चो (धामी)ले प्रयोग गर्दछन् । प्रकृति र पितृलाई पूजा गर्दा मुन्दुम फलाक्दै यही चिन्डोमा भरिएका जाँड, रक्सीले छर्किने गर्दछन् ।
उज्यालोको पर्व तिहार मंगलबारबाट सुरु भइसकेको छ । दीपावली गर्ने र देउसी भैलो खैल्ने मात्र होइन, विभिन्न प्रकारका रोटीहरू तिहारमा बनाउने चलन छ । प्राय: देउसी भैलो खेल्दै आउने भैलेनीहरूलाई नाङ्लाभरी सेल रोटी र अरु मिस्ठान्न परिकार दिने गरिन्छ । हामीले आज तिहार विशेष फिनी रोटी, सेल रोटी र अनरसाको रेसिपी प्रस्तुत गरेका छौँ ।