कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

बझाङमा ५० प्रतिशत हाराहारीमा मत खस्यो 

बझाङ — बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं – १ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । २९ हजार ७३८ मत खसेको  प्रारम्भिक जानकारी प्राप्त भैसकेको र अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बझाङमा ५० प्रतिशत हाराहारीमा मत खस्यो 

प्राप्त विवरणअनुसार ४८.१६ प्रतिशत मत खसेको छ । सम्पूर्ण केन्द्रको विवरण प्राप्त भएपछि यो संख्या ५० प्रतिशत हाराहारी पुग्न सक्ने जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीले बताए ।

मतदान अधिकृतहरु मतपेटीकाको सुरक्षित ढुवानीमा व्यस्त भएको र केही ठाउँमा टेलिफोन सम्पर्क हुन नसकेकोले सम्पूर्ण विवरण आउन केही समय लाग्ने उनले बताए ।

शनिबार बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदानको समय दिइएको थियो ।

प्रकाशित : वैशाख १५, २०८१ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?