मंगलबार दिउँसो बाजुरालाई केन्द्र बनाएर गएको भूकम्पको धक्काले बझाङमा दर्जनौं घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पमा परी एक जना घाइते भएको र जिल्लाका सबै पालिकाका कतिपय भौतिक संरचनामा क्षति भएको छ ।
सुदूरपश्चिमका नौमध्ये तीन जिल्ला मात्रै हिमाली हुन्— बझाङ, दार्चुला र बाजुरा । प्रदेशका ३३ प्रतिशत जिल्ला मात्रै हिमाली जिल्ला भए पनि क्षेत्रफलमा सुदूरपश्चिमको कुल भूभागको करिब ४१ प्रतिशत हिमालमा पर्छ ।
बझाङ र बाजुराको पहिरो प्रभावित क्षेत्रमा अनुगमन गर्न वर्षा मापनयन्त्र जडान गरिएको छ । पहिरोको जोखिम, फैलावट र त्यसले पार्न सक्ने सम्भावित असरको अध्ययन गर्न उक्त यन्त्र जडान गरिएको हो ।
जिल्ला सदरमुकामनजिकै पर्ने एक माध्यमिक विद्यालयमा नियमित कक्षा चलिरहेको थियो । एक जना शिक्षक आफ्नो पिरियड सकाएर केहीबेर टहल्न विद्यालयको छतमा उक्लिए । उनी छतमा उक्लिएका मात्रै के थिए, विद्यालय परिसरकै छेउमा एक विद्यार्थीले चुरोट खाँदै गरेको देखे ।
मध्यपहाडी लोकमार्गअन्तर्गत १० वटा नमुना सहरको विकास गर्ने सरकारी घोषणामा परेको अन्तिम सहर हो बैतडीको पाटन । व्यवस्थित बस्ती, घरघरमा खानेपानीको धारा, सडक, ढलनिकास, विद्युतीकरण, आधुनिक कभर्डहल, ५० शय्याको प्रविधि सम्पन्न अस्पताललगायत निर्माण गरिने सहरी विकास तथा भवन निर्माण विभागले २०६८ सालमा गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
घटना गत भदौको हो । बैतडीको पाटन नगरपालिका वडा नं ६ भट्टाड (जुन गाउँमा भाँड र कुमाल जातिको बसोबास छ) की एक ३६ वर्षीया महिला काम विशेषले छिमेकी गाउँ सिलंगा पुगिन् । थकाइ र गर्मीले लखतरान भएकी उनले सोही नगरपालिकाको वडा नं – २ मा पर्ने एक घरमा पिउन पानी मागिन् ।
नौ दशक पुग्न लागेकी प्यारु बोहराका आँखीभौं पनि सेतै भइसकेका छन् । पाँच छोरा र तीन छोरीकी आमा उनले १९ नातिनातिना र ३२ पनातिपनातिना देखिसकेकी छन् । उनी पुसको ठिहिर्याउने जाडोमा पनि झिसमिसेमै उठेर आगो बाल्छिन् । त्यतिन्जेल उनले घरको वरिपरि दुई–तीन चक्कर लगाई गाईबस्तुलाई घाँसपात पनि हालिसकेकी हुन्छिन् ।
गरिबीका कारण परिवारले पालनपोषण गर्न नसकेर काठमाडौंको एक व्यापारी परिवारकोमा धर्मपुत्रीका रुपमा पठाइएकी तर ‘कुपोषित र सुस्त’ भन्दै फकाईएकी बालिका मनकला बोहराको परिवारलाई विभिन्न व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।
बझाङ सदरमुकाम चैनपुरबाट यात्रु बोकेको जिप मष्टा गाउँपालिकातर्फ गइरहेको थियो । जयपृथ्वी नगरपालिकाको च्युरीमा दुर्घटना हुँदा आमा–छोरी र दाजुभाइसहित आठ जनाले ज्यान गुमाए । २०७२ मा ट्र्याक खुलेको १४ किलोमिटर दूरीको जयपृथ्वीको पानकोटदेखि मष्टाको भुस्यासम्म जोड्ने सडकमा भएको यो दुर्घटना जिल्लाभित्र अहिलेसम्मकै दोस्रो ठूलो हो ।
साइपाल गाउँपालिका–२ जिमाकी भाना बोहरा १५ दिन सदरमुकाम चैनपुर बसेर पुस ८ मा मात्रै घर फर्किइन् । उनी काँकरकोट खानेपानी आयोजनाकी कोषाध्यक्ष हुन् । एक वर्षको दुधे बालकसहित दुई दिन हिँडेर योजनाको सम्झौता गर्न सदरमुकाम पुगेकी उनको काम भने हुन सकेन ।