सुदूरपश्चिमका नौ जिल्लामा आठ वर्षमा दुई अर्बभन्दा बढी खर्चिए पनि दर्जनौं खेल मैदान प्रयोगविहीन छन्, खेलकुद पूर्वाधारको दुरुपयोग व्यापक देखिएको छ।
छोरीको निधनपछि पूर्णबहादुर मल्लले बझाङका विद्यालयमा शिक्षक, विद्यार्थी तथा अभिभावकमाझ मानसिक स्वास्थ्य सचेतना फैलाउन अभियान सुरु गरेका छन्।
तारेकोट खोलामा बनेको ९० मिटर लामो झोलुङे पुलले बलौडी र न्यूना गाउँलाई जोडेपछि वर्षौंदेखिको जोखिम हटेको छ।
सभापति पदका अर्का आकांक्षी नरेन्द्र खड्काले उम्मेदवारी फिर्ता लिएपछि उपाध्याय सर्वसम्मत भएका हुन् । उपसभापति र सचिव पदका लागि भने मतदान भएको थियो ।
‘घुमौं साइपाल’ अभियान सुरु भएको घोषणा गर्दै साइपाल गाउँपालिकाले आइतबार बेसक्याम्पमा कार्यपालिका बैठक आयोजना गरेको हो ।
दुई दिने सार्वजनिक विदा लागू भएपछि साइपाल बेसक्याम्पलगायत सुदूरपश्चिमका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
जिल्लाभरिका ८४ जना निर्माण व्यवसायी आबद्ध रहेको संघले निर्माण व्यवसायीको हकहितका साथै जिल्लाको विकास निर्माणलाई छिटो र गुणस्तरीय बनाउन भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष शेरबहादुर बोहराले बताए ।
पहिले प्रतिकिलो ४३ हजारसम्ममा बिक्ने गुच्छीच्याउको मूल्य हाल ९ देखि १३ हजारमा झरेपछि संकलनकर्ता निराश छन्।
थलारा गाउँपालिकामा मानसिक रोगको नि:शुल्क औषधि र परामर्श सेवाले वर्षाैंदेखि मानसिक स्वास्थ्य समस्या भोगिरहेका विरामी धामीझाँक्री कहाँ धाउन छाडेर गाउँमै उपचार पाएर निको भइरहेका छन् । पालिकाले मानसिक रोग सम्बन्धीमात्रै ३८ प्रकारका औषधि नि:शुल्क वितरण गरिरहेको छ ।
सुर्मा र साइपाल गाउँपालिकाका सबै विद्यालय र तलकोट, मस्टा, केदारस्युँ गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाको उत्तरी क्षेत्रका विद्यालय जेठ मसान्तसम्मका लागि बन्द भएका हुन् ।