कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

दुर्घटनाबाट जोगियो समिट एयरको जहाज 

धनगढी — धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ  । जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउन्डेड गरिएको छ । 

दुर्घटनाबाट जोगियो समिट एयरको जहाज 

नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन् ।

जहाजमा रहेका एकजना यात्रु अशोकबहादुर सिंहले इन्धन चुहिएको बारे एयर होस्टेजलाई जानकारी दिएपछि मात्रै चालक दलका सदस्यलाई विमानमा आएको खराबीबारे जानकारी भएको थियो ।

त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको छ । जहाज ग्राउन्डेड भए लगतै विमानस्थल स्थित अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण गरेको थियो ।

काठमाडौँबाट इन्जिनियर आएर बिमानको मर्मत गरिसकेपछि मात्रै उडान हुने समिट एयरले जनाएको छ । ‘दुवै ठाउँबाट इन्धन लिक भएको रहेछ । यस्तोमा इन्जिन तातिए पछि आकाशमै आगो लाग्ने खतरा हुन्छ,' समिट एयरका कर्मचारी रोसन सिंहले भने ‘अब काठमांडौबाट इन्जिनियर आएर मर्मत गरे पछि मात्रै जहाज हुनेछ ।'

प्रकाशित : चैत्र २६, २०८० २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?