२० आमाका कथा

वैशाख २६, २०८१

कान्तिपुर संवाददाता

20 Mother's Tales

काठमाडौँ — आमा हरेकका लागि सबैभन्दा प्रिय हुन्छन् । हरेक सन्तान आमाको ममता र प्रेममा बाँधिएर हुर्केका हुन्छन् । कुनै  व्यक्तिको सफलताकोपछि मातृत्वको प्रभाव परेको हुन्छ ।

त्यसैले समाजमा आफ्नो क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल व्यक्तिका आमाहरूको संघर्ष, ममता र प्रेमका कथाहरू कान्तिपुरमा हरेक मंगलबार 'आमा'  फिचर श्रृंखलामा प्रकाशित भइरहेका छन्  ।

गत पुस महिनाबाट सुरु भएको उक्त स्तम्भमा हालसम्म बैंकर अनिलकेशरी शाह, नायक राजेश हमाल, नेता शेखर कोइराला, सीके राउत, क्रिकेटर रोहित पौडेल, गायिका मेनुका पौडेल, गायक  प्रकाश सपुतदेखि नायिका केकी अधिकारी  लगायतका २० जना आमाहरूका कथा प्रकाशित भइसकेका छन् । 

मातातीर्थ औंसी अर्थात् 'आमा दिवस'को अवसरमा यो लिंक क्लिक गरेर https://ekantipur.com/tag/id-1660 पढ्नुहोस् २० जना आमाहरूको कथा । 

कान्तिपुर

Link copied successfully