नेत्रविक्रम चन्द ‘विप्लव’ को आमा–सम्झनाले रफ्तार लिँदै थियो । ती स्मृति प्रवेगशील थिए । अन्तर्वार्ताको अन्त्यतिर उनका आँखा रसाए, आँसुका थोप्ला अनुहार हुँदै भुईंतिर टप्किए । उनको मन आमाले बाँचेका जिन्दगीका लेक–बेसीमा अल्झिएको थियो ।
खानेकुराको मीठो बास्ना आउनेबित्तिकै डा. ओममूर्ति अनिललाई आमा (माई) को याद आइहाल्छ । आमाले उमेर र स्वास्थ्यका कारण पकाउन छाडेको केही वर्ष भइसक्यो । ‘आमाले खुब मीठो मासु पकाउनुहुन्थ्यो । तर, उहाँले मासु खानु हुन्न,’ डा. अनिलले भने । उनले आमाले पकाएको खानाको बयान गरिरहँदा आमा भने सँगै सोफामा बसेर मुस्कुराइरहेकी थिइन् ।
निकोटिनले पहेंलिएका औंलाका यादहरू गाढा भएर आउँछन् आजकल । ती औंलाहरूजस्तै पहेंला थिए उदासीका कहालीलाग्दा आमाका दिनहरू । बितिगएका ती दिनको कल्पनामा राजेश हमाल देख्छन्, एउटा तस्बिर, दुई औंलाका कापमा च्यापिएको ५५५ चुरोट अनि अकासिँदो एक मुस्लो धूवाँ ।
एक साधारण मान्छे, तर असाधारण कथाजस्तै जीवन ! उनले जीवनलाई कथै सोचे, कथै बाँचे– जीवन बुझ्ने साधन नै कथा बनाए । जिन्दगीका सुख–दुःख, भाव–अभाव सबै कथामै लेखे ।
त्यो दिन चिसो आकाशमा तातो सुर्जेको तेज मधुरो भएको थियो । पशुपतिनाथ आर्यघाटछेवैको ‘किरियापुत्री सेवा केन्द्र राजराजेश्वरी’ को ११३ नम्बर घरमा उदास बसिरहेका चन्द्र भण्डारीको मन पनि चिसै थियो । चन्द्र–मुहार साँच्चै नै उदास देखिन्थ्यो । कसरी खुसी हुन सक्छन् उनी, जबकि आमा जलेर बितेकी छन् ? चन्द्र जिन्दगीको अकाट्य सत्य हेर्न बसेका छन– पशुपतिको किरिया घरमा ।
दलितको बेग्लै ढंगको जिन्दगी–कथा भन्ने टेलिसिरियल ‘दलन’ मा अनुपले अभिनय गरेका छन्, जुठेको भूमिकामा । कवि श्रवण मुकारुङले लेखेको ‘दलन’ को सिग्नेचर गीत ‘माथिमाथि अरूहरू, तल म छु छाया एक्लै’ सुन्दा अझै नराम्ररी झस्किन्छिन्, अनुपकी आमा पार्वती बराल (८०) ।
काठमाडौं, घट्टेकुलोको घाम नछिर्ने एक घरको कम्पाउन्ड पार गरी मेनुका पौडेल पिच सडकमा आइपुगिन् । हातमा रातो रङको सानो ह्याण्ड–ब्याग बोकेकी, कालो चश्मा र गुलाबी रङको ज्याकेट लगाएकी उनी यो विरानो सडकमा पनि बेफिक्री हिँडिरहेकी थिइन् । भनिन्, ‘काठमान्डुमा त कस्तो जाडो, हगि !’
बूढापाका भन्छन्, ‘आमा देखेपछि भोक हराउँछ ।’ भोक लागेको थाहा हुने बेला कवि तीर्थ श्रेष्ठले आमा देखेनन् । तीन वर्षमै आमा गुमाएका उनले मातृप्रेमको भोक आमाका कविता लेखेर मेट्छन् ।
बाल्यकाल सम्झ्यो कि कप्तान रोहित पौडेलको स्मृतिमा तीन कुरा घट्टझैं फनफनी घुम्छन्– आमा, क्रिकेट र पिटाइ । आमाको काख छाडेर हिँड्न सक्ने भएदेखि रोहित मैदानमा पुग्थे र क्रिकेट खेल्थे । परिणाममा हात लाग्थ्यो आमाको पिटाइ । नवलपरासीको बर्दघाट नजिकको बुद्ध टोलमा उनको घर थियो । घरभन्दा डेढ–दुई किलोमिटर पर मैदान थियो ।
कुनै छोराले आमाको कोठामा सीसीटीभी किन जडान गर्छ ? आमाको जासुसी गर्नुपर्ने त्यस्तो के खण्ड आइलागेको हो ? आमाबाट त्यस्तो ‘खतरा’ के छ ? सुप्रसिद्ध आख्यानकार नयनराज पाण्डे हुन्, ती जडानकर्ता पुत्र । सीसीटीभीको धर्मबमोजिम, उनले गरेको त आमाको जासुसी नै हो । तर, प्रेमपूर्ण जासुसी । र, एउटा कर्तव्यपरायण छोराले आफ्नै जिम्मेवारीको जासुसी पनि गरिरहेको हो, यो सीसीटीभी–प्रकरण ।
सपनामा बारम्बार कोही आइरहन्छ भने त्यसको संकेत के हो ? यसबारे मनोविज्ञानले विभिन्न अर्थमा भिन्नभिन्न विश्लेषणहरू गर्छ, जो समय र सन्दर्भले फरक पर्न जान्छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको भने यसमा स्पष्ट मत छ– सपनामा बारम्बार आउने मान्छे संसारकै सबभन्दा मायालु हो । हुन पनि हो, कोही सधैं सँगै भए पनि जिन्दगीभर सपनामा आउँदैन । कोहीचाहिँ साथै नभए पनि स्वप्नलोकमा सधैं भेट हुन पुग्छ । यो सब त्यही प्रेमकै परिणति त हो !
खलिल जिब्रानले भनेकै छन्, ‘मान्छेको ओठबाट निस्किने सबैभन्दा सुन्दर एउटा शब्द छ– आमा ।’ जिब्रानको यो भावसँग सोह्रै आना सहमति छ, बैंकर अनिल शाहको । भन्छन्, ‘आमा भन्नेबित्तिकै मलाई अनन्त प्रेम र पूर्ण सुरक्षाको अनुभूति हुन्छ ।’ शाहको विचारमा आमा नै त्यस्तो शब्द हो, जसको उच्चारणमा बाँच्नुको सौन्दर्य र अगाध स्नेह पाउनुको आनन्द झल्किन्छ एकैसाथ ।