विवाह हुँदा जम्मा ९ वर्षकी थिइन् भगवती । श्रीमान् हेमराज भट्टराई उनीभन्दा २० वर्ष जेठा थिए । भगवतीभन्दा अगाडि दुई श्रीमती विवाह गरिसकेका थिए उनले । श्रीमान्का जेठो छोराभन्दा २ वर्षले मात्र जेठी थिइन् उनी ।
विवाह हुँदा जम्मा ९ वर्षकी थिइन् भगवती । श्रीमान् हेमराज भट्टराई उनीभन्दा २० वर्ष जेठा थिए । भगवतीभन्दा अगाडि दुई श्रीमती विवाह गरिसकेका थिए उनले । श्रीमान्का जेठो छोराभन्दा २ वर्षले मात्र जेठी थिइन् उनी ।
बिहान साढे ७ बजे गाडी चढ्नु थियो । बुबाले २० हजार छोराको हातमा थमाइदिए, ‘पैसा कहााबाट आयो ?’ मनमा कुरा खेल्दाखेल्दै जाने बेला भयो, अकस्मात् उनका आँखा आमाको गलामा पर्यो, गहनाले सजिने आमाको गला त्यस दिन रित्तो थियो, उदास आँखाले आमालाई हेरे । आमाको आँखाले भनिरहेको थियो, ‘मैले बच्चाका लागि गर्न सक्ने नै यही हो’
सुवास नेम्वाङ हिँडेको बाटोलाई फराकिलो बनाउन जीवनका थुप्रै समय खर्चिइन् विशालले, त्यो बाटोमा हिँड्दाहिँड्दै जोडी त छुटे, तर उनले यात्रामा छोडेको सुवास छोरा सुहाङले बोकिरहेका छन्
छोराले पढ्न पाउला भनेर बाले नक्सालस्थित गलकोटे राजाको घरमा राखिदिए तर पढ्न कहाँ पाउनु ? शोषण र यातनाले गलेका चित्रबहादुरले आमालाई चिठी लेखे, ‘यहीं बसें भने बााच्दिनँ, फर्किन्छु ।’ चिठी पढेपछि ‘छोरा मर्नुभन्दा बरु म बुच्चो बस्छु’ भन्दै आमा पार्वतीले कानका गहना झिकेर पठाइदिछन् ।
आमाका अनगिन्ती दुःखपीडा देखेकी लक्ष्मीलाई त्यसमा मायाको मलम लगाउन मन छ, वर्षौंदेखि बिझेका पारिवारिक विखण्डनका काँडा बोकेर विदेश भासिएकी आमाका ती खिल निकाल्नु छ उनलाई, ‘आमा जब आउनुहुन्छ, त्यतिबेला म पोखिनेछु, ममीलाई पनि पोखिन दिनेछु,’ लक्ष्मी त्यो महत्त्वपूर्ण क्षणको प्रतीक्षा गर्दै आमासँगको पहिलो अंकमालको व्यग्र प्रतीक्षामा छिन्
प्रदीप भट्टराईले आफ्नी आमालाई जहिल्यै शान्त देखे । जस्तोसुकै अशान्त समयमा पनि आमाको अनुहारमा अधैर्य भाव देखेनन् । आमाको आवाजमा विद्रोह कहिल्यै सुनेनन् । कसैसँग झगडा नगर्ने, कसैलाई दुर्वचन नबोल्ने । सन्तानका लागि गर्ने, सन्तानकै लागि बाँच्ने ।