कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

डम्बरसिं राई

खोटाङ — आइतबार सम्पन्न १८ वर्षमुनिका राष्ट्रव्यापी खुला गायन प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ का मिलन विश्वकर्मा प्रथम भएका छन् ।

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

खोटाङमा जारी प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, सांगीतिक, साहित्यिक पर्यटन महोत्सवको अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भएका विश्वकर्माले ४० हजार नगद, मेडल र प्रमाणपत्र पाएका हुन् । त्यस्तै खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका सुदीप विश्वकर्मा दोस्रो भएका छन् । उनले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाएका छन् । तेस्रो हुने ऐसेलुखर्क गाउँपालिका–२ राखावाङदेलकी कञ्चन राईले नगद १७ हजार, मेडल र प्रमाणपत्र पाएकी छन् ।

चौथो हुने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी अदिति शाक्यले नगद ११ हजार मेडल र प्रमाणपत्र तथा पाँचौं हुने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका डेनिश राईले नगद ७ हजार मेडल र प्रमाणपत्र पाएका हुन् । कोसी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, संगीतकार महेश खड्का, गायक रूपकुमार राई, कांग्रेस युवा नेता रोजन राई लगायतले पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा २६ जना सहभागी थिए ।

त्यस्तै संगीतकार महेश खड्का र गायिका पार्वती राई सम्मानित भएका छन् । नगद सात हजार सात सय ७७ रूपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मानित भएका हुन् ।

प्रकाशित : जेष्ठ ६, २०८१ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×