कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

दलकै नेतृत्वमा आन्दोलन सम्भव होला ?

भाद्र २३, २०८१
दलकै नेतृत्वमा आन्दोलन सम्भव होला ?

गत भदौ १० गते टुँडिखेलमा गौरा पर्वका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएका बेला केही युवाले उनीहरू विरुद्ध नाराबाजी गरे ।

केही वर्षपहिले श्रीलंकामा राष्ट्रपतिलाई देश निकाला गरिएको र केही समयअघि मात्रै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीे आन्दोलनकै कारण देश छोड्नुपरेको घटनाले नेपालमा यस्ता सानातिना विरोधले पनि सत्तासीन र प्रतिपक्षी नेतालाई झस्काउन थालेको छ । टुँडिखेलको घटनापछि त्यसैलाई टेवा पुग्ने गरी प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक दुई ठूला दल मिलेर देशलाई अराजकतातिर लैजान खोजेको बताउन थालेका छन् । देशमा श्रीलंका र बंगलादेशको जस्तो स्थिति निम्तन सक्ने खतरा बढेको भन्ने खालका उत्तेजक अभिव्यक्ति दिँदै आइरहेका छन् । यसले कतै देशमा फेरि पनि अस्थिरता निम्तने खालको आन्दोलन हुने त होइन भन्ने प्रश्न पनि उब्जाएको छ । राजनीतिक गतिविधि यसरी नै बिग्रँदै जाने हो भने आन्दोलन हुनका लागि समयले पर्खने छैन ।

अहिले राजनीति जुन तरिकाले विकसित भइरहेको छ, त्यसैको उपज हो टुँडिखेलमा लागेको नारा । यदि कुनै स्वतन्त्र व्यक्ति वा नागरिक समाज जस्ता तप्काले आन्दोलनको नेतृत्व लिने हो भने गाउँगाउँबाट जनता पुनः सक्रिय हुने परिस्थितिको सिर्जना यिनै राजनीतिक दलले गर्दै आइरहेका छन् । अब कुनै दलको नेतृत्वमा आन्दोलन हुने भयो र सफल बनाइयो भने त्यो फेरि पनि मूर्खलाई पुरस्कृत गर्नुसरह हुनेछ । किनकि त्यस्तो आन्दोलनमा अब उसैका कार्यकर्ताभन्दा अरू कोही हुनेवाला छैनन् । आफूहरूले गल्ती गरेको भन्ने महसुस त वर्तमान प्रमुख तीन ठूला दलका नेताहरूले गरेकै छन् । यदि उनीहरूलाई त्यस्तो नलागेको हुन्थ्यो भने केपी शर्मा ओलीले टुँडिखेलको घटनालाई लिएर कति व्यंग्य गरिसक्थे । ओली चौथो पटक प्रधानमन्त्री बन्दै गर्दा उनमा पहिलेको जस्तो उत्तेजना र उग्रता देखिएको छैन । आफैंमाथि लागेको अराजक नाराले झनै उनलाई सजग बनाइदिएको छ । यदि अब आन्दोलन भइहालेमा त्यो पहिले जस्तो राणा, पञ्चायत र राजाका विरुद्ध जस्तो हुने छैन । त्यो त दलका विरुद्ध दलकै आन्दोलन हुने सम्भावना छ, यसैले त्यस्ता आन्दोलनमा जनता एकीकृत हुने सम्भावना देखिँदैन । त्यसैले अबको आन्दोलन स्वतन्त्र जनताका तर्फबाट राजनीतिक दलका विरुद्ध हुनुपर्ने देखिन्छ ।

सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : भाद्र २३, २०८१ ०७:०२
×