कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

दुर्घटना घटाउन सरकार उदासीन

भाद्र ३०, २०८१

कान्तिपुरका भदौ २७ मा प्रकाशित आशिष गजुरेलको लेख ‘दुर्घटना घटाउन राज्यले के गर्न सक्छ ?’ पढ्न पाइयो । गजुरेलजीले सरल भाषामा सडक सुरक्षाका उपाय भन्नुभएको छ ।

सडक सुधार गरौं, सवारी कन्डिसनमा राखौं, नियम कानुन पालना गरौं भन्ने कुरा सान्दर्भिक लाग्यो । सडक सुरक्षा परिषद् चाहिन्छ, भारतमा पनि यस्तो निकाय छ । सडक सुरक्षा संवेदनशील विषय हो, यसमा राज्य गम्भीर हुनुपर्छ । हाम्रा माननीयहरू पनि कस्ता हुन्, सडक सुरक्षा ऐनको मस्यौदा कहाँ छ, मतलब छैन । वार्षिक करिब ३ हजार व्यक्ति मर्ने विषय गम्भीर होइन ? राज्यले दुर्घटनापछिको समवेदना पत्र वा छानबिन समिति होइन, सडक सुरक्षाका लागि तत्काल कदम उठाउनुपर्छ ।

आरसी शर्मा, काठमाडौं

प्रकाशित : भाद्र ३०, २०८१ ०७:०५
x
×