प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९

माओवादीले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम [सूची]

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको हो । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

मंसिर २३, २०७९

माओवादीले शनिबारमात्रै समानुपातिकको सूचीमा निर्णय गर्ने

नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको निर्क्योल शनिबार गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा शुक्रबार बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ ।

प्रदेश १ मा समानुपातिकबाट २९ महिला सांसद छानिँदै

प्रदेशसभा निर्वाचन सम्पन्न भएर निर्वाचन आयोगले समानुपातिक सांसदको सिट बाँडफाँटको पत्र पठाएपछि समानुपातिक सांसद छनोटमा दलहरुको ध्यान केन्द्रित छ । समानुपातिकमा छानिन बन्दसूचीमा परेका उम्मेदवारहरु आ–आफ्ना पार्टीका नेताहरूको घरदैलोमा गएर दबाब दिइरहेका छन् ।

मुख्यमन्त्री शाहीको निर्वाचन खर्च १८ लाख ८९ हजार

हुम्ला जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (२) बाट उम्मेदवार बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचनको खर्च विवरण बुझाएका छन् । 

मंसिर २१, २०७९

सुदूरपश्चिमको २१ समानुपातिकमा १८ महिला चुनिने

सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फको २१ स्थानमा कम्तीमा १८ जना महिला प्रतिनिधित्व हुने भएको छ । प्रदेशसभामा कुनै पनि दलबाट प्रत्यक्षतर्फ महिला निर्वाचित भएको कारण एक तिहाई महिला प्रतिनिधित्व गराउनु पर्ने संवैधानिक व्यवस्थाअनुसार १८ जना महिला निर्वाचित गराउनु पर्ने भएको हो ।

सल्यानमा ११ उम्मेदवारको धरौटी जफत 

यही मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सल्यानमा ११ जना उम्मेदवारको धरौटी जफत भएको छ । कानुनी व्यवस्थाअनुसार कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका ११ जना उम्मेदवारको धरौटी जफत भएको हो ।

मंसिर २०, २०७९

प्रदेश १ मा एमाले पहिलो, बहुमतका लागि ७ सिट अपुग

प्रदेश १ मा ४० स्थान प्राप्त गर्दै नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेले समानुपातिकमा १५ सिट प्राप्त गरेको छ ।

सात प्रदेशमा एमालेलाई समानुपातिकमा ७० सिट, कांग्रेसलाई ६३

निर्वाचन आयोगका अनुसार नेकपा एमालेले सातवटै प्रदेशसभामा समानुपातिकतर्फ ७० स्थान प्राप्त गर्ने छ । मधेस प्रदेशबाहेक सबै प्रदेशसभा एमाले समानुपातिक मतमा पहिलो बनेको छ । सातै प्रदेशमा २ सय २० जना प्रदेशसभाका सांसद समानुपातिक निर्वाचनबाट छानिन्छन् ।

रुकुम पश्चिममा ६ उम्मेदवारको धरौटी जफत

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका ६ जनाको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत नपाउने ६ जनाको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मंसिर १९, २०७९

दोलखामा माओवादी केन्द्रका कार्की विजयी

दोलखामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई उनले ३१७ मतान्तरले पराजित गरेका हुन् ।

दोलखामा माओवादीका कार्की हजार मतले अगाडि

दोलखामा नेकपा माओवादी केन्द्रकागंगा कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई हजार भन्ददा बढी मतले पछि पार्दै अग्रस्थानमा आएका छन् । जारी मत गणनाको पछिल्लो विवरण अनुसार कार्कीले शिवकोटीलाई १ हजार १९५ मतले पछि पारेका छन् ।