सात प्रदेशमा एमालेलाई समानुपातिकमा ७० सिट, कांग्रेसलाई ६३- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सात प्रदेशमा एमालेलाई समानुपातिकमा ७० सिट, कांग्रेसलाई ६३

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगका अनुसार नेकपा एमालेले सातवटै प्रदेशसभामा समानुपातिकतर्फ ७० स्थान प्राप्त गर्ने छ । मधेस प्रदेशबाहेक सबै प्रदेशसभा एमाले समानुपातिक मतमा पहिलो बनेको छ । सातै प्रदेशमा २ सय २० जना प्रदेशसभाका सांसद समानुपातिक निर्वाचनबाट छानिन्छन् ।

एमालेले प्रदेश १ मा १५ सिट, मधेस प्रदेशमा ८, वाग्मती १४. गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा प्रदेश ५, सुदूरपश्चिममा ७ स्थानमा समानुपातिकबाट सुनिश्चित गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले ६३ प्राप्त गर्ने छ । कांग्रेसले मधेस प्रदेशमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको छ । सो दलले प्रदेश १ मा १२, मधेसमा ९, वाग्मतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ६ जना रहेका छन् ।

माओवादीले २९ स्थानमा प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । सो दलले प्रदेश १, मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशमा ४/४ जना समानुपातिक संसद् प्राप्त गर्ने छ । त्यसैगरी वाग्मती प्रदेशमा ७, गण्डकी र लुम्बिनीमा ३/३ जना सांसद प्राप्त गर्ने छ ।

नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशमा कुनै स्थानमा गर्ने छैन । सो दलको समानुपातिकतर्फ प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १-१ जना समानुपातितर्फ प्रतिनिधित्व गर्नेछन् ।

त्यसैगरी मधेस प्रदेशमा ३ र वाग्मती प्रदेशमा २ समानुपातिक सिट प्राप्त गर्ने छ । जनता समाजवादी पार्टीले प्रदेश १ र लुम्बिनी मा एक-एक जना र मधेस प्रदेशमा ७ स्थानमा प्राप्त गर्नेछन् ।

त्यसैगरी हाम्रो नेपाली पार्टीले वाग्मती प्रदेशमा १ स्थानमा प्राप्त गर्ने छ भने नेपाल मजदुर किसान पार्टीले २ प्राप्त गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेशमा १, लुम्बिनीमा २ र सुदूरपश्चिममा ३ समानुपातिक सांसद प्राप्त गर्ने छ ।

राजमोको लुम्बिनी प्रदेशमा एक स्थान प्राप्त गर्ने छ भने लोसपाले मधेस प्रदेशमा २ र लुम्बिनी प्रदेशमा १ स्थान प्राप्त गर्ने छ । सीके राउत नेतृत्वको मधेस प्रदेशमा ७ र लुम्बिनीमा २ स्थानमा प्राप्त गर्नेछ । नेपाली संघीय समाजवादीले मधेस प्रदेशमा १ समानुपातिक सिट पाउने छ ।

प्रकाशित : मंसिर २०, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्

मिरगन्जमा नयाँ पुल, एक वर्षपछि जोगवनीबाट आयात

मंगलबार साँझ नै मिरगन्जबाट ६० टन भारवहन क्षमताका गाडी जोगवनी नाकासम्म आए
विनोद भण्डारी

विराटनगर — झन्डै एक वर्षदेखि बन्द भारतको मिरगन्जमा नयाँ पुल बनेसँगै मंगलरबारदेखि सञ्चालनमा आएको छ । भारत र बेलायत युद्धकालमा निर्मित मिरगन्ज पुल क्षतिग्रस्त भएको भन्दै भारतले गत पुसदेखि जोगवनी नाकाबाट मालवाहक गाडी आउजाउमा रोक लगाएको थियो ।

मंगलबारदेखि मिरगन्जमा निर्मित नयाँ आरसीसी पुलबाट मालवाहक गाडी आउजाउ खुलेको हो ।

मंगलबार साँझदेखि मिरगन्जबाट कम्तीमा ६० टन भारवहन क्षमता लोडका गाडी जोगवनी नाकासम्म आउन सुरु भएको मोरङ व्यापार संघका कार्यकारी निर्देशक कृष्ण रेग्मीले बताए । त्यसका लागि भारत अररियाका एसडीएम एस कुमार, आईसीपी म्यानेजर रत्नाकुमार यादव, भारतको नेसनल हाइवे प्रतिनिधि उमेश यादव र अररियाका बीजेपी नेता दिलीप झाले मिरगन्जको नयाँ पुल सञ्चालनका लागि अनुमति दिएपछि आयात-निर्यात खुला भएको हो ।

पुल सञ्चालनमा आएलगत्तै ठूलो भारवहन क्षमताका दुई दर्जनभन्दा बढी मालवाहक गाडी मंगलबार साँझसम्म जोगवनी नाका हुँदै विराटनगर भन्सार कार्यालय आइपुगेका छन् ।

मिरगन्ज पुल बन्द हुँदा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले १ सय १६ किमि रिरुट गर्दै सुनसरीको भान्टाबारी नाकाबाट औद्योगिक कच्चा पदार्थ आयात र तयारी वस्तु निकासी गर्दै आएका थिए । मिरगन्ज पुलकै कारण विराटनगर भन्सारको व्यापार पनि एक वर्षदेखि झन्डै २५ प्रतिशतले कमी आएको थियो । आयात र निर्यातकर्ताले व्यापार नै अन्यत्र सार्दा विराटनगर भन्सारको व्यापारमा २५ प्रतिशतले कमी आएको भन्सार कार्यालयको भनाइ छ ।

एक वर्षसम्म १ सय १६ किमि रिरुट गरेर सुनसरीको भान्टाबारी नाकाबाट कच्चा पदार्थ आयात र तयारी वस्तु निकासी गर्दा उद्योगी व्यवसायीले डेढ अर्बभन्दा बढी अतिरिक्त ढुवानी शुल्क तिर्नुपरेको बताइन्छ । मिरगन्ज पुलबाट आयातनिर्यात खुलेपछि यहाँको औद्योगिक र व्यापारिक क्षेत्रले सामान्य राहत पाएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको भनाइ छ । मिरगन्ज पुलमा भारतको एकतर्फी अघोषित नाकाबन्दीका कारण अघिल्लो वर्षको पहिलो चौमासिकको तुलनामा चालु वर्षको चौमासिकमा जोगवनी नाकाबाट आयात र निर्यात नै घटेको थियो ।

भन्सारको तथ्यांकअनुसार गत वर्ष साउनमा १८ अर्ब ४० करोडको आयात हुँदा यस वर्ष १६ अर्ब ३५ करोडको आएको छ । गत वर्ष भदौमा १९ अर्ब ८० करोडको आयात हुँदा यसपालि १७ अर्ब ५७ करोड, असोजमा २० अर्ब २२ करोडको आयात हुँदा यसपालि १४ अर्ब ८६ करोड र गत वर्ष कात्तिकमा १८ अर्ब ७७ करोडको आयात हुँदा यसपालि १५ अर्ब ९१ करोडको मात्र आयात भएको भएको भन्सारको तथ्यांक छ । निर्याततर्फ गत वर्ष साउनमा ५ अर्ब ५२ करोडको निर्यात हुँदा यसपालि ४ अर्ब ८० करोड, भदौमा ६ अर्ब ९ करोडको निर्यात हुँदा यसपालि ४ अर्ब ७ करोड, असोजमा ५ अर्ब ३४ करोडको आयात हुँदा यसपालि ३ अर्ब ६९ करोड र कात्तिकमा गत वर्ष ५ अर्ब २० करोड मूल्यका सामान निर्यात हुँदा यसपालि ३ अर्ब ८० करोडको मात्र निर्यात भएको तथ्यांक छ ।

प्रकाशित : मंसिर २०, २०७९ २०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×