२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७
बढ्‍यो गर्मी

उखरमाउलो गर्मी : सिद्धार्थनगरमा ६ गतेसम्म सबै विद्यालय बन्द

असार ३, २०८०

अत्यधिक गर्मी बढ्दै जान थालेपछि भैरहवाका सबै विद्यालय असार ६ गते सम्मका लागि बन्द गरिएको छ ।...

गर्मी बढेपछि तिलोत्तमा र सैनामैनाका विद्यालयमा बिदा

अत्यधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालयहरुमा बिदा दिने निर्णय गरेका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएको छ ।

गर्मी बढेपछि सर्लाहीमा चार दिनका लागि विद्यालय बिदा

गर्मी बढेपछि सर्लाहीका सामुदायिक विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । शिक्षा‚ विकास तथा समन्वय इकाई सर्लाहीले बिदा दिने निर्णय गरेको हो । कतिपय स्थानीय तहले पनि बिदाको घोषणा गरेका छन् ।

गर्मी बढेपछि दुधौलीमा एकसाता विद्यालय बन्द

केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

अझै बढ्नसक्छ गर्मी

केही दिनयता मुलुकका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । मधेश प्रदेशका धेरै स्थानहरुमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा ४० डिग्री सेल्सियस तापक्रम नाघेको छ ।

बर्दियामा गर्मीले जनजीवन प्रभावित

एक सातायता बर्दियामा चर्को घामसँगै चलेको लू (तातो हावा)ले जनजीवन प्रभावित बनेको छ । गर्मी र तातो हावाले दिउँसोको तापक्रम औसत ४० देखि ४१ डिग्रीसम्म पुग्ने गरेको छ ।

गर्मी बढेपछि लहानका विद्यालयमा एक साता बिदा

गर्मी बढेपछि सिरहाको लहान नगरपालिकाले विद्यालयमा शुक्रबारदेखि एक साताका लागि बिदा दिएको छ ।नगरपालिकाले सूचना प्रकाशित गरी गर्मीको कारणले बालबालिकामा प्रतिकूल असर पर्ने भन्दै जेठ २६ सम्म एक साताको लागि विद्यालयमा बिदा दिएको हो ।

गर्मी बढेपछि नेपालगन्जका विद्यालय ३ दिन बन्द

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका बिद्यालय बन्द हुने भएका छन् । गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

गर्मी बढ्‍यो

केही दिनयता देशका विभिन्न स्थानहरूमा तापक्रम उल्लेख्य रूपमा वृद्धि हुँदै गएको पाइएको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

परासीमा अत्यधिक गर्मी, जनजीवन प्रभावित 

पश्चिम नवलपरासीमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको छ ।

अत्यधिक गर्मी भए पछि मोरङ र सुनसरीका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण कोशी प्रदेशका दुई तराईका जिल्ला सुनसरी र मोरङका स्थानीय पालिकाले केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।

गर्मी छल्न भारतीय पर्यटक पोखरामा

पर्यटकीय नगरी पोखराको ड्यामसाइडमा शुक्रबार भेटिए भारतबाट आएका मयंक तिवारी । ८ जनाको समूहमा एक साताका लागि नेपाल आएका उनी आइतबारसम्म पोखरा बस्ने योजनामा छन् । पोखरामा घुमिवरी उनको टोली पशुपतिनाथ मन्दिरमा पूजा गर्न काठमाडौं जानेछ । भारतको हपहपी गर्मी छल्न तिवारीको टोली नेपाल आएको हो ।