कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुला बक्सिङ : मन्दिरा र निशा विजयी

काठमाडौँ — पुलिसका चन्द्रबहादुर थापा, आर्मीका विमल घर्तीमगर, पाटनका चिरञ्जीवी खड्का र च्याम्पियनका प्रदीप महर्जन महिला तथा पुरुष खुला बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

खुला बक्सिङ : मन्दिरा र निशा विजयी

प्रकाश दाहालको स्मृति भइरहेको प्रतियोगितामा पुरुष ५१ केजीमा चन्द्रले दाङका भरत पुनमगर, विमलले ललितपुरका उमंग खत्री, चिरञ्जीवीले च्याम्पियनका अजय पुनमगर र प्रदीपले सोनाम लामालाई हराए । ५७ केजीमा एपीएफका पुरन राईले कञ्चनपुरका महेशसिंह खत्रीलाई हराएर सेमिफाइनल सुरक्षित गरे ।

पुरुष ६० केजीमा फाइटका मौसम लाक्सम्बाले पुलिसका सुजन पौडेल, एपीएफका विक्रम परियारले नुवाकोटका विकास गुरुङ, आर्मीका इन्द्रबहादुर सुनुवारले बक्समान्डुका आयुष थापा तथा एक्सबक्सका निश्चल गुरुङले स्विटका मार्सल गुरुङलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरे । पुरुष ६७ केजीमा एपीएफका विक्रम चौधरीले अंशाका विशाल दाहाललाई पन्छाउँदै सेमिफाइनल यात्रा तय गरे । पुरुष ७१ केजीमा एक्सबक्सका निशान गुरुङले एपीएफका सुमन कार्की, आर्मीका दानबहादुर दर्लामीले कैलालीका भरत चन्द र पुलिसका मिलन तामाङले ललितपुरका कुशल कुमाललाई हराए ।

पुरुष ७५ केजीमा एचटुओका विनिश राईले नक्सालका अश्विन धिरन श्रेष्ठ, पाटनका जेम्स महर्जनले फाइटका तेन्जी शेर्पा, आरडीएसका नोर्बु शेर्पाले आर्मीका गणेशकुमार श्रेष्ठ तथा एक्सबक्सका आयुश तामाङले स्विटका धीरज तामाङलाई हराएर सेमिफाइनल पक्का गरेका छन् । पुरुष ८० केजीमा कैलालीका बालाजी रावलले नुवाकोटका पासाङ शेर्पा र एक्सबक्सका सचेत नेपालीले अल्फाका पुष्पगुराँस ओलीलाई पराजित गरे ।

महिला ४८ केजीमा नक्सालकी मन्दिरा पौडेलले नुवाकोटकी संगीता रानालाई, ५४ केजीमा पुलिसकी निशा तामाङले नुवाकोटकी रक्षा जीसी, ५७ केजीमा एपीएफकी माला राईले आर्मीकी कमला खड्का र एपीएफकी शर्मिला तामाङले कर्णालीकी हेरिना ऐरलाई हराउर सेमिफाइनलमा स्थान बनाए ।

प्रकाशित : असार १८, २०८० २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?