१३औं साग खेलकुद
मंसिर २७, २०७६
मंसिर २६, २०७६

सागमा पदक जित्ने खेलाडीलाई आकर्षक पुरस्कार प्याकेज घोषणा

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई आकर्षक पुरस्कार प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदक विजेता खेलाडीको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ठूलो पुरस्कार घोषणा गरेका हुन् । 

मंसिर २५, २०७६

बास्केटबलमा नेपाललाई रजत

१३ औं सागमा अन्तिम दिन बास्केटबलको महिलातर्फ नेपालले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा फाइनलमा भारतले नेपाललाई १२७–४६ स्कोरले हराएको थियो ।

तीन वर्षको मिहिनेत

ओमबहाल, काठमाडौंका सनिल शाही कक्षा १२ को परीक्षा दिएपछि फुर्सदमा थिए । टेकुको एउटा क्लबमा पुगे, जहाँ उनको ध्यान बक्सिङले तान्यो । फुर्सदको समय उपयोग गर्न बक्सिङ सिक्न सुरु गरे । खेल्दाखेल्दै पञ्चिङ ब्यागमा मुक्का बर्साउने लत नै लाग्यो । बक्सिङका प्रशिक्षक र खेलाडीसँग चिनजान पनि भयो । र, उनी मोडिए रंगशालातिर । बक्सिङ ग्लोभ्स समातेको ४ डिसेम्बरमा ठीक तीन वर्ष भएकै बेला उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाए ।

सकियो १३ औं साग, पाकिस्तानलाई झन्डा

पाकिस्तानलाई आयोजना अधिकार सुम्पँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) काठमाडौंमा सम्पन्न भएको छ । मंसिर १५ देखि काठमाडौं, पोखरा र जनकपुरमा भएको दक्षिण एसियाली खेलमेला पुरुष फुटबलको फाइनलसँगै सकिएको हो । मंगलबार साँझ दशरथ रंगशालामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साग सम्पन्न भएको घोषणा गरेका हुन् । 

१३ औं सागमा नेपाललाई अपेक्षाभन्दा बढी उपलब्धि, ५१ स्वर्ण हात पार्‍यो

दक्षिण एसियाली खेलकुद (साग) खेलाडी, प्रशिक्षक, सहभागी राष्ट्रदेखि आयोजकलाई अवसरका रूपमा आउँछ । नेपालले सबै अवसर सदुपयोग गर्दै दक्षिण एसियाको ओलम्पिक मानिएको सागको १३ औं संस्करणलाई भव्य आयोजना गर्दै पदकका हिसाबमा पनि ठूलो सफलतासहित टुंग्याएको छ । 

मंसिर २४, २०७६

सागको समापनमा ड्रोनले बनाए आकाशमै आकृति (तस्बिरहरु)

१३ औँ दक्षिण एसियाली खेलकुदको मंगलबार साँझ समापन भएको छ । समापन कार्यक्रममा आतिशबाजी र ड्रोन प्रयोग गरेर बनाइएका आकृतिकहरुले ध्यान खिच्नुका साथै चर्चा बटुले । दशरथ रंगशालामा आयोजित समापन समारोहमा १५० वटा ड्रोनले बनाएका आकृतिहरुले चर्चा बटुले। पहिलो पटक ड्रोनको प्रयोग गरेर आकाशमा नेपालको राष्ट्रिय झण्डा, नक्सा, गौतम बुद्धको आकृति बनाइएको थियो। १३औँ सागमा नेपालले ५१ वटा स्वर्ण जित्दै इतिहास रचेको छ । १४औँ साग पाकिस्तानमा हुनेछ ।

साग सकियो, कुन देशको कति पदक ?

१० दिनसम्म चलेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन भएको छ । ‍१३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन ।

१३‍औ‍ँ साग: नेपाल २–१ ले अगाडि [अपडेट]

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत भुटानसँगको खेलमा नेपालले दोस्रो गोल गर्दै अग्रता लिएको छ । खेलको ५३औँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका हुन् ।

बक्सिङमा सनिलले जिते स्वर्ण

१३‍औँ सागमा नेपालले आफ्नो स्वर्ण संख्या ५० पुर्‌याएको छ । पुरुषतर्फको ६० केजी बक्सिङमा मंगलबार सनिल शाहीले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ५० पुगेको हो । 

विक्रम लामा : प्लेकार्डदेखि स्वर्णसम्म

विक्रम लामा दक्षिण एसियाली खेलकुद (साग) मा तेस्रो अनुभव बटुल्दै छन् । पछिल्ला दुई खेलाडीको भूमिकामा र पहिलो फरक भूमिकामा । सन् १९९९ मा नेपालले आयोजना गरेको पछिल्लो सागमा उनी विद्यार्थीको भूमिकामा थिए । २०१६ मा नेपालले स्वर्ण जित्दाका प्रमुख खेलाडीमा रहेका हालका उपकप्तान विक्रम अहिले दोस्रो स्वर्ण लगाउने दाउमा छन् ।

२० वर्षपछि बक्सिङमा स्वर्ण

२० वर्षअघि नेपालमै आयोजित आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा बक्सिङमा नेपालले २ स्वर्ण जितेको हो । त्यतिबेलाका स्वर्ण विजेतामध्ये एक प्रकाश थापामगर अहिले राष्ट्रिय टोलीका प्रशिक्षक छन् । उनकै प्रशिक्षणमा नेपालले बक्सिङमा स्वर्णको भोक मेटाएको छ । 

१४ औं संस्करण पाकिस्तानमा, मंगलबार समापन समारोहमा प्रधानमन्त्रीबाट भिडियो सम्बोधन हुने

दक्षिण एसियाली खेलकुदको आगामी संस्करण (१४ औं) पाकिस्तानमा हुने भएको छ । पाकिस्तानले तेस्रोपल्ट साग आयोजनाको जिम्मेवारी लिँदै छ । १३ औं सागको मंगलबार हुने समापन समारोहमा पाकिस्तानले १४ औं साग आयोजनाको झन्डा लिनेछ । साउथ एसियन ओलम्पिक काउन्सिल (एसओएससी) को सोमबार राजधानीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

महिला फुटबलमा भएन ‘क्रमभंग’

महिला फुटबलमा भारतको निरन्तर जितमाथि नेपालले क्रमभंग गर्न सकेन । भारतलाई स्वर्ण जित्ने नेपालको सपनामाथि फेरि एकपल्ट तुसारापात भयो । आयोजक नेपाललाई हराउँदै भारतले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्यो । 

भारतलाई कुस्तीको १४ स्वर्ण, नेपाललाई १३ पदक

१३ औं सागअन्तर्गत जनकपुरमा सम्पन्न कुस्तीको २० स्वर्णलाई भएको प्रतिस्पर्धामा नेपालले १ स्वर्ण ४ रजत, ८ कांस्य पदक जितेको छ । नेपालका लागि ५५ केजीमा संगीता धामीले १ स्वर्ण दिलाइन् । महिलातर्फ ५३ केजीमा शिवांगी दुवे, ५७ केजीमा अम्बिका भण्डारी, ६५ केजीमा सुशीला चन्द र ७२ केजीमा निर्मला जागरीले रजत दिलाए । ५० केजीमा मनीषा सिंह, ५९ केजीमा कोमल खत्री र पुरुषतर्फ ५७ केजीमा नरेश यादव, ६५ केजीमा सरोज यादव, ७० केजीमा सुरेश यादव, ७९ केजीमा बुन्नीलाल राजु, ९२ केजीमा सुमिर साह र १ सय २५ केजीमा राज यादवले कांस्य पदक दिलाए । 

फाइदा चिसो र हाइअल्टिच्युडको

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन आउने टोलीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विशेष डेस्क व्यवस्था गरिएको छ । अतिथि सत्कार समितिका सदस्य राजन खत्री यही डेस्कको छेउमा बसेर सागमा आएका खेलाडी तथा अतिथिलाई स्वागत गर्दै गलामा मफलर (गलबन्दी) लगाई स्वागत गर्छन् । 

१३ औं साग : पुरानै नेपाल र सुधारिएको भुटान

भुटानी फुटबलले प्रगति गरेको छ भनेर धेरै सुन्न पाइन्छ अचेल । यस्तो नहुँदो हो त भुटान १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनल पुग्ने पनि थिएन । प्रतियोगिता सुरु हुनुअगाडि बिरलैले मात्र सोचेका थिए होला, नेपाल फाइनल त पुग्नेछ । तर उपाधि भिडन्तमा टिमको प्रतिद्वन्द्वी भुटान हुन्छ भनेर । यसपल्टको साग फुटबलले दिएको सबैभन्दा गज्जब, तर उत्तिकै रोमाञ्चक आश्चर्य हो यो ।

१३ औं साग : गौरिका गौरव

गुवाहाटीमा तीन वर्षअघि १२ औं सागमा एक रजत र तीन कांस्य पदक जित्दा गौरिका सिंह आफैं चकित परेकी थिइन् । १३ वर्षको छँदै उनले पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो खेलाडी हुने सोचेकी थिइनन् । त्यहाँ ‘बोनस’ का रूपमा चार पदक जितेपछि उनले सपना बुनेकी थिइन्, सागमा स्वर्ण चुम्ने । त्यो सपना उनले स्वदेशमै आएर १३ औं संस्करणमा पूरा गरिन् । त्यो पनि एउटा होइन, चारवटा स्वर्ण जितेर ।