ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए ।
नेपालमा पहिलो पटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ । कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका-१२ र भक्तपुरको चाँगुनारायण क्षेत्रमा फैलिएको संक्रमण कारण हालसम्म १ हजार १९ वटा सुँगुरको मृत्यु भइसकेका छन् ।
ललितपुरको महांकाल गाउँपालिका प्रमुखमा कांग्रेसका गणेश केसी र उपाध्यक्षमा माओवादी केन्द्रका डाेल्मा माया गाेले निर्वाचित भएका छन् । केसीले एमालेबाट प्रमुखका उम्मेदवार कमला लामा तामाङलाई ५६८ मतान्तरले पराजित गरेका छन् ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । चार सय मत गणना गर्दा अध्यक्षमा नेकपा (एमाले) का कृष्णमान लामाले अग्रता बनाएका छन् ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले उपत्यकाका १८५ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको छ । जसअनुसार काठमाडौंमा ११५, ललितपुरमा ५० र भक्तपुरमा २० मतदानस्थल संवेदनशीलको सूचीमा छन् । भौगोलिक विकटता, चुनावविरोधी समूहको गतिविधि तथा यातायात, सञ्चार र जनघनत्वको आधारमा मतदानस्थलाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको हो ।
आसन्न स्थानीय निर्वाचनको मौन अवधि मंगलबार मध्यरातबाट सुरु हुँदै छ । प्रचारका लागि एक दिनको मात्रै समय बाँकी रहेकाले ललितपुरको दक्षिणी भेगमा सबै दलका उम्मेदवारहरूलाई मत माग्ने चटारो छ । दुर्गम पहाडी भेगमा घण्टौं हिँडेर पनि उम्मेदवारहरु भोट माग्न घरदैलौमै पुगेका छन् ।
आगामी जेठ १ देखि लागू हुने गरी सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारी निर्णयले स्वास्थ्य क्षेत्र प्रभावित हुने भएको छ । बिदाको दिन हाडजोर्नी, नसा, डेन्टल, सुत्केरी–गर्भवतीको जाँच, छाला, न्युरो, साइक्याट्रिक, नाक, कान, घाँटीलगायतको ओपीडी सेवा मात्र नभई अप्रेसनमा समेत सोझो असर पर्छ ।
न ढलको व्यवस्था छ, न त सडक बत्ती नै । दक्षिणकाली जाने मल्लकालीन बाटोको भीर उस्तै । कलिलै उमेरदेखि यस्तै अप्ठ्यारो बाटो भएर हरेक दिन घण्टौं हिँडेर खानेपानी ओर्सार्दै आएकी छन् ललितपुर महानगरपालिका–२२ फर्सिडोलकी ७२ वर्षीया ठूली तामाङ ।