कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मुख्यमन्त्री लामाद्वारा त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ

रासस

त्रिशूली — वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले नुवाकोटको त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ गरेका छन् ।

मुख्यमन्त्री लामाद्वारा त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ

अस्पतालको ६०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले अस्पतालको गुणस्तरीय सेवाका लागि सिटी स्क्यान उपकरण निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

'सिटी स्क्यान सेवा नहुँदा बिरामीहरु काठमाडौँ जानुपर्ने बाध्यता थियो', उनले भने, 'अस्पतालको सेवा र यसप्रति बिरामीको विश्वास पनि वृद्धि हुनेछ ।' अस्पतालको सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य प्रवाहका क्रममा आगामी दिनमा प्रसूति सेवा सुरु गर्न र भौतिक संरचना निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले त्रिशूली अस्पतालसहित विभिन्न जिल्लाका प्रादेशिक अस्पतालले प्रवाह गरेको सेवा प्रभावकारी रहेको उल्लेख गर्दै प्रशंसा गरे । अस्पतालको सेवा प्रवाह मूल्यांकनको सूचकमा त्रिशूली अस्पताल देशभरमै उत्कृष्टमा रहेकाले आगामी दिनमा सेवा विस्तार र गुणस्तरमा थप सुधारलाई मध्यनजर राख्न उनले सुझाव दिए । हाल एक सय शय्या क्षमताको अस्पताललाई आगामी दिनमा विस्तारको लक्ष्य लिइएको छ ।

प्रकाशित : श्रावण ११, २०८१ २२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×