२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०
थामे बाढी

थामे बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं महानगरपालिकाको निर्णय

भाद्र ७, २०८१

काठमाडौँ महानगरपालिकाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीबाट प्रभावितलाई राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।...

थामे बाढी : नाम्चेभन्दा माथिको आवातजावत ठप्प

बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । 

थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।

थामे बाढीबारे प्रधानमन्त्री ओलीले लिए जानकारी, मानवीय क्षति रोक्नमा ध्यान दिन सीडीओलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै मानवीय क्षति हुन नदिनेमा ध्यान पुर्‍याउन सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई निर्देशन दिएका छन् । 

थामे बाढी : दूधकोशी नदीको तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह 

थामे बाढीपछि सोलुखुम्बु, ओखलढुंगा र खोटाङ प्रहरी, प्रशासन तथा स्थानीय तहहरूले दूधकोसी नदीको तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरेका छन् । 

थामे बाढी [तस्बिरहरू]

थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा घर, स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामे १२ घर (होटलसहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए ।

थामे बाढी : दूधकोशीमा ढुंगा र लेदोसहितको पानी, सतह स्थिर

सोलुखुम्बुको थामे खोलामा आएको बाढी दूधकोशी हुँदै अगाडि बढेको छ । तल्लो तटीय क्षेत्रमा ढुंगामुढा र लेदोसहितको बाढी आएपनि पानीले नियमित सतह नाघेको छैन ।

थामे बाढी : जोखिममा रहेका ६ जनाको उद्धार

सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका-५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण उच्च जोखिममा परेका ६ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

थामे बाढी : १२ घरसहित स्कुल र क्लिनिकमा क्षति

थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् ।

थामे बाढीमा मानवीय क्षतिको आशंका छ : रक्षामन्त्री राई

रक्षामन्त्री मानवीर राईले सोलुखुम्बुको थामेमा आएको भीषण बाढीबाट मानवीय क्षति भएको आशंका रहेको बताएका छन् । कान्तिपुरसित कुरा गर्दै मन्त्री राईले विवरण आइनसके पनि थामे बाढीबाट मानवीय क्षति भएको अनुमान रहेको बताएका हुन् ।

थामे खोलामा भीषण बाढी, किनारका घरहरू बगायो

यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले  थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।