कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

सल्यानमा जिप दुर्घटना, चालकसहित पाँच घाइते 

भाद्र २७, २०८१
सल्यानमा जिप दुर्घटना, चालकसहित पाँच घाइते 

सल्यान — सल्यानमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका-१ श्रीनगरबाट खलंगा आउँदै गरेको कर्णाली प्रदेश ०२००१झ००३५ नम्बरको जिप मैसेपानी नजिकै बिहीबार बेलुकी ५.२० मा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा दैलेको चामुण्डा बिन्द्रासैनी नगरपालिका-१ बस्ने वर्ष ३० का चालक भरतप्रसाद शर्मा, उनकी श्रीमती वर्ष २२ की कविता सिजापती, कास्कीको पोखरा महानगरपालिका-१७ बस्ने वर्ष २७ का सागर आचार्य, डोटीको दिपायल सिलगढी नगरपालिका-१ बस्ने वर्ष ३२ का मनमोहन सिंह खड्का, पर्साको वीरगन्ज नगरपालिका-१३ बस्ने वर्ष २१ की पुनम शर्मा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्यान पुर्‍याइएको र अहिले उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी गराए । जिप सडकबाट करिब ५० मिटर तल खोचमा खसेको उनले जानकारी गराए । साईड हेर्दै फर्कने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । जिपमा पाँच जना सवार थिए ।

प्रकाशित : भाद्र २७, २०८१ १८:१४
×