कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु 

आश्विन १, २०८१
जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु 

सल्यान — सल्यानमा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका दुईको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेसमबहादुर खत्रीका अनुसार सोमबार बेलुकी जिप दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका-३ घर भएका चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का वर्ष ५५ का टोपबहादुर साहु, वर्ष ५५ की लाली रावत, वर्षका ४० की पूर्णकला बस्नेत, वर्ष २९ का रबिन्स महतरा घाइते भएका थिए ।

घाइते भएका साहुको जिल्ला अस्पताल सल्यानमा र लाली रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि खत्रीले जानकारी गराए । उनका अनुसार अन्य घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको छ ।

सडक बिग्रेकाले जिप अनियन्त्रित भएर दुर्घटनामा परेको उनले जानकारी गराए । उनका अनुसार दुर्घटनामा परेको जिप सडकदेखि २५ मिटर तल खसेको थियो ।

प्रकाशित : आश्विन १, २०८१ १०:२६
x
×