कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

बैकिंङ कसुरमा शाही पक्राउ 

आश्विन १, २०८१

कालीकोट — बैकिंङ कसुर गरेको आरोपमा खाडाचक्र-११ का धीरबहादुर शाही पक्राउ परेका छन् । खाडाचक्रको रेगिंलका ४३ वर्षीय शाहीले खातामा रकम नभएको चेक दिएर बैकिंङ कसुर गरेको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध ठगीमा जाहेरी परेपछि फरार थिए । उनले खातामा रकम नभएको ४ जनालाई चेक दिएका थिए ।

उनीविरुद्ध कालीकोटका नन्दाकुमारी सिंह, दुर्गबहादुर शाही, नरेन्द्र विष्ट र कमला शाहीले ठगी गरेको भन्दै जाहेरी दिएका थिए ।

चेक बाउन्सको मुद्दा परेपछि कालीकोटबाट काठमाडौं गएर लुकीछिपि बसेको अवस्थामा भदौ ३१ गते उपत्यका प्रहरी कार्यालय काठमाडौंको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताए । उनी (धीरबहादुर) विरुद्ध ठगीको मुद्दा थियो । प्रहरी निरीक्षक चौधरीले भने असोज १ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

कालीकोटमा पछिल्लो पटक चेक बाउन्सका मुद्दा धेरै पर्ने गरेको प्रहरीले जनाएको छ । साउनयता मात्र ६ जनालाई चेक बाउन्स मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन १, २०८१ २०:४३
x
×