भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन् । नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए ।
नरहरिनाथ ७ माल्कोट दुदुल्लीका २९ वर्षीय भैरै बटालाले खरको छाना भएको आफ्नै घरमा आगो लगाउँदा दुई छोरोको जलेर मृत्यु भएको छ । घरायसी झगडाले बुधबार बिहान ४ बजे घरमा छोरा सुतिरहेको अवस्थामा आगो लगाएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी कुटपिट भएपछि पुस ९ गतेदेखि २७ वर्षीया पत्नी लालकौरा माइतीघर कुमालगाउ गएकी थिइन् ।
कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा दुईपटक शिलान्यास भएको पक्की पुल अझै बनेको छैन । कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल १२ वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए ।
सशस्त्र द्वन्द्वका क्रममा १९ वर्षअघि जिल्ला शिक्षा कार्यालयले पत्र लेखेर बोलाएपछि घरबाट सदरमुकाम मान्म गएका सालडाँडा प्रावि पोरिपाल्नीका शिक्षक भद्रबहादुर बोगटीलाई जिशिअ युवराज शर्माले प्रहरीलाई बुझाए ।
जाडो बढ्दै गएपछि नरहरिनाथ–८, लालुका नमराज विष्ट बुधबार वस्तुभाउ र लालाबालासहित औंल (खुलालु) झरे । लेकाली बस्तीमा लगाइएका मकै, आलु कुर्न र वस्तुभाउ चराउन जेठमा माथि उक्लिएका उनी भदौमा पहिलो साता ठाटीकोटको घर झरेका थिए । अहिले भने घरमा खेतीपातीको काम सकेर उनी परिवारसहित जाडो छल्ल खुलालु झरेका हुन् ।
बगैंचासम्म सडक नहुँदा पनि पिठ्युँमा बोकाएर बेचेको स्याउबाट गत वर्ष १ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेका रास्कोटका–९ फुकोटका गोकर्णप्रसाद उपाध्यायले यस वर्ष १ रुपैयाँ पनि कमाएनन् । ‘बेच्ने स्याउ नै फलेन,’ उनले भने, ‘फलेको २–४ क्विन्टल नासो दिनै ठिक्क भयो ।’ सिप्टीस्थित उनको बगैंचामा गत वर्ष ४ सय ५० रुखमा स्याउ फल्दा दुई सय क्विन्टल उत्पादन भयो ।
कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे ५ वर्षमै उप्किएको छ । अधिकांश ठाउँमा कालोपत्रे उप्किएपछि दुर्घटनाको जोखिम बढेको छ भने यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।
एक महिनाअघि रास्कोट–२ का ३५ वर्षीय एक युवाले गाउँकै ३८ वर्षीया महिलालाई जबर्जस्ती करणीको प्रयास गरे । उनका पतिले नै रंगेहात फेला पारेपछि प्रहरीमा मुद्दा दर्ता गरे ।