शनिबार मान्ममा आयोजित अधिवेशनबाट केसी सभापतिमा निर्बिरोध निर्बाचित भएका हुन् ।
कालीकोट — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालीकोटकाे प्रथम अधिवेशनबाट सभापितमा सान्नित्रिबेणी ८ मुम्राका प्रेमबहादुर केसी निर्वराेध निर्वाचित भएका छन् ।
शनिबार मान्ममा आयोजित अधिवेशनबाट केसी निर्बिरोध निर्बाचित भएका हुन् । उनी यसअघि पनि जिल्ला सभपति थिए । उपसभापतिमा दिनेशबहादुर शाही, सचिवमा भुपेन्द्रजंग शाही, सहसचिवमा जीवनबहादुर शाही पनि निर्विराेध निर्वाचित भएका छन् ।
यस्तै समावेशी सदस्यहरूमा पबित्रा जैसी, कलशा शाही निर्विराेध चयन हुँदा निर्वाचन क्षेत्र न १ मा धनिराम धमाला र २ मा दिनेश सन्ज्याल चयन भएकाे प्रचार बिभाग सदस्य जीवन देवकोटाले बताए । उनकाअनुसार रास्वपाले कालिकोटका ९ वटै स्थानीय तहमा अधिवेशन सकेर शनिबार जिल्ला अधिवेन आयोजना गरेको हो ।
