विकासवादी सिद्धान्तले स्त्री–स्तनलाई आनुवंशिक स्वास्थ्यको प्रमुख अंग मानेको छ । यसको समर्थनमा लियोनार्ड श्लेनले ‘सेक्स, टाइम एन्ड पावर ः हाउ वुमेन्स सेक्सुअलिटी सेप्ड ह्युमन इभोल्युसन’ किताबमा लेखेका छन्, ‘प्रारम्भिक पुर्खाहरू सीधा उभिएर हिँड्न सिकेपछि मात्रै स्तनको आकारमा वृद्धि भएको हो र स्त्रीमा सुडौलपन आएको हो ।’
मूर्ति चोरी – आरम्भिककालचिसोको महिना, मध्यरात ! अप्रत्याशित ढंगले मन्दिरका घण्टाहरू बज्न थाले । चर्को आवाज रातको नीरवता चिर्दै बजिरह्यो र नगरवासीको निद्रा खुल्यो । आवाज कुन दिशाबाट आइरहेको हो, स्पष्ट थियो । नगरको उत्तरदिशा डाँडामाथि थियो– बज्रयोगिनीको मन्दिर । त्यसै मन्दिरको ठूलो घण्टाबाट निस्किरहेको थियो– आवाज ।
केही समयअघि पाठकको हातमा आइपुगेको कवि चन्द्र गुरुङको कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ मा समेटिएका मर्मस्पर्शी कविताहरूको सामर्थ्यमा हालका दिनमा नेपाली भाषामा प्रकाशित काव्य–कृतिमध्ये सर्वाधिक चर्चित किताब बन्न पुगेको छ । निकट विगतका धेरै वर्ष देशबाहिर रहेकाले नेपाली पाठकबीच तुलनात्मक रूपमा कम परिचित र प्रायोजित प्रचार–प्रसारबाट टाढा रहँदै आएको एक शिष्ट, विनम्र कविको यो किताबले पाएको चर्चा–प्रशंसालाई नेपाली कविताको दुनियाँमा घटित एउटा दुर्लभ घटनाका रूपमा लिन सकिन्छ ।
सन् १९५० । भूगर्भविद् टोनी हागन पहिलोपटक नेपाल प्रवेश गर्दै थिए । कुलेखानीबाट काठमाडौं उपत्यकातर्फ उक्लँदा उनले अनौठो दृश्य देखे– भीमफेदीबाट गाडीका पार्टपुर्जा खोल्न मिल्नेसम्म खोलेर काठ र बाँसको नोलमा राखेर ४० जना भरियाले झ्याइँकुटी पारेर बोकिरहेका थिए । विसं १९८० को दशकदेखि काठमाडौं उपत्यकामा मोटरबाटो बन्न थाल्यो । सडक सञ्जाल उपत्यकाभित्रै सीमित थियो । त्यतिखेर वीरगन्जदेखि भीमफेदीसम्म मात्रै सडक बनेको थियो । ज्यान बाजी लगाएर त्यसरी गाडी बोक्ने मान्छे अहिले जीवित छैनन्, मात्रै त्यस समयका कथाव्यथा जीवित छन् । त्यसबेला गाडी बोक्ने भरियाहरूका दुःखका कथा लेखिएको छ– पत्रकार प्रताप विष्टको नयाँ किताब ‘छेलिएका अनुहार’ मा ।
जलवायु परिवर्तनसम्बन्धी गोष्ठी सकेर २२ फेब्रुअरी, २०२२ मा सहकर्मीहरू लक्ष्मी भट्ट, शंकर पौडेल, मनीष श्रेष्ठ, ज्ञानेन्द्र जोशी र म पोखराबाट फर्कंदै थियौं । मर्स्याङ्दी खोलाको दृश्यले गोष्ठीको थकान बगाउँदै लगिरहेको थियो । आँबुखैरेनी नजिक टायर पन्चर भयो । ताजा हावा लिन गाडीबाट बाहिर निस्क्यौं । तोरी फुलेको पहेँलपुर बारी देखियो । बल्ल पो दृष्टि त्यतातिर गयो । देख्नलाई त रोकिनुपर्ने रहेछ ।
भोट गन्ती सकिएकै थिएन गाउँलेसँगै रौसिएर त्यस दिन रकेटझैं उड्यो नजरमान बम्जनको खुसीर आकाशको चउरमा मडारियो नमडारियोस् पनि किन !ऊ पनि लाल मतदाता थियो खर्च भएथ्यो ऊ जस्ताको फगत एक भोट !सट्टामाप्रिय कम्रेडलाई मेयर पाए दिनैभरि खाए, पिए, खादा लाएर ठानेदुनियाँलाई पाइतालामुनि अटाए ।
१७ वर्षअघि (२०६२) पहिलोपटक काठमाडौंबाट हुम्ला टेक्दा त्यो ठाउँबारे मेरो मस्तिष्कमा ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिर अंकित थियो । उतिबेला सदरमुकाम सिमकोटमा पत्रकार भैरव रिसाललगायतले ‘उज्यालो अभियान’ चलाइरहेको सुनेको थिएँ । पुगेपछि थाहा भो– सोही अभियानअन्तर्गत सदरमुकाम आसपासका गाउँहरूमा ‘सोलार टुकी’ बल्न थालेको रहेछ ।
प्राचीन नेपालका किरात २०६७/६८ तिर कवि मात्रै थिए– उपेन्द्र सुब्बा । उनी तिखेदेवल बस्थे । तिखेदेवल बोलाएर उनले मलाई नाहाङ्मा (घरमूलीको शिर उठाउने पूजा) गर्न लगाए । मित्र दिलविक्रमजीले भाले च्यापेर बसिरहेका थिए । थान राखियो । पापो—आङ्देम्बेहरूको नाहाङ्मा मुन्धुम (सामाजिक इतिहास) फलाक्न थालियो । मैले ताप्लेजुङको सिङ्सादेन (जौको खेतीे), तोक्पेगोला (तिब्बत र नेपालको अन्न/भात बेच्ने बजार) हुँदै सोदुङ वरक ( तोक्पेगोलामा अवस्थित सृष्टि पोखरी) देखि मुन्धुम उठाएँ र पाँचथरको आङ्साराङसम्म पुर्याएर कविज्यूको शिर उठाएपछि रोकिएँ ।
सायद विज्ञानको कमजोर पक्ष भनेकै यसले प्रायः ‘किन’ को उत्तर दिन सकेको छैन । भौतिक विज्ञानले पृथ्वीको कणकण वा भनौं अणुअणु पत्ता लगाएको छ । यद्यपि विज्ञानले त्यो सानोभन्दा सानो अणु, त्यसको अस्तित्वको कारण र रहस्य भने पत्ता लगाउन सकेको छैन । चिकित्सा विज्ञानले पनि मानव शरीरका सूक्ष्मभन्दा सूक्ष्म, आँखाले नदेखिने कोषिकाबारे जानेको छ, तर ती कोषिकाका अस्तित्वको कारक तत्त्वबारे चित्तबुझ्दो उत्तर अहिलेसम्म दिन सकेको छैन ।
कुनै बेला मलाई संसारका फिल्म फेस्टिवलहरूमा पुग्ने भूत चढेको थियो । दशकअघि (१८ वर्षको उमेरमा) साथमा एउटा क्यामरा, एउटा ट्राइपोड अनि थर्मकल बोकेर ६ जनाको समूहमा निस्केको थिएँ– भेडाहरूका लिडर ‘लोम्बा’ खोज्न । लोम्बाको मृत्युपछि गोठालालाई पर्ने समस्यामाथि बनेको थियो, मेरो पहिलो छोटो फिल्म– लोम्बा ।
लेखक जगदीश घिमिरेले ‘अन्तर्मनको यात्रा’ किताबमा भर्तृहरिको जीवन–प्रसंगसँग रुसका महान् कथाकार आन्तोन चेखब (१८६०–१९०४) को एउटा कथा हुबहु मिलेको उल्लेख गरेका छन् । एक जना प्रजाले राजा भर्तृहरिलाई अजम्मरी हुने फल दिन्छन् । राजाले त्यो फल नगरवधू प्रेमिकालाई दिन्छन् । नगरवधूले सिपाही प्रेमी अश्वपाललाई, अश्वपालले दरबारकी नर्तकीलाई र नर्तकीले राजालाई नै दिन्छिन् । स्वार्थको यो गोलचक्कर थाहा पाएपछि भर्तृहरि दिक्दार हुन्छन् र भाइ विक्रमादित्यलाई राजपाठ सुम्पी संन्यासी भएर वनवास जान्छन् । पुस्तकका अनुसार, चेखबको कथामा एक बिरामीले डाक्टरलाई एउटा उपहार दिन्छ । डाक्टरले त्यो उपहार प्रेमिकालाई, प्रेमिकाले अर्कै प्रेमीलाई र प्रेमीले डाक्टर पत्नीलाई अनि पत्नीले फेरि डाक्टरलाई नै दिन्छे (अन्तर्मनको यात्रा, पृष्ठ. १४३, बुकहिल संस्करण) ।
नेपालको राजनीतिक इतिहासमा शासक र तिनका शक्ति संघर्ष, तिक्डम, हैकम, जित, पराजय अनि आन्दोलनका कथा पढ्न पाइन्छ । यो सबैतिरका इतिहासको चरित्र हो । तर, नेपालमा भवन निर्माण अथवा आर्किटेक्चर र शक्ति अनि शासनको विषयमा खासै केही लेखिँदैन । त्यो एउटा निकै ठूलो कुरा छुटेको हो भनेर मान्नुपर्छ । हुन त यो विषय सूक्ष्म छ अनि सोझै भन्न नसकिने किसिमको छ । त्यसैले नलेखिएको हो । नेपालमा खासगरी काठमाडौं उपत्यकामा ठूला दरबारजस्ता भवन बनाउने मनोग्रन्थि र शासनको सम्बन्ध छ । राणा शासनबाट यस विषयमा पस्न सकिन्छ । छलफलपछि काठमाडौंका मेयरलाई छोटो पत्र लेखिएको छ ।
‘हिमाल’ मासिक पत्रिकामा एउटा आवरण–कथा आएको थियो गत साल कात्तिकको अंकमा । त्यसको शीर्षक थियो– ‘सौम्य शक्ति’ । त्यसै शीर्षकलाई केन्द्रमा राखेर लेखिएका थिए त्यसमा प्रकाशित प्रायः आलेखहरू । यसअघि नदेखिएको, नेपाली शब्दकोशमा प्रविष्टि नभएको र अचानकझैं देखा परेको पारिभाषिकजस्तो देखिने यस नौलो शब्दावलीको अर्थ के हो ?