१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फणीन्द्र संगम

फणीन्द्र संगमका लेखहरु :

सञ्चारमाध्यमलाई समावेशिताको ऐना

संविधान कार्यान्वयन भए/नभएको, ऐनकानुन लागू भए/नभएको विषयमा चौथो अंगले प्रश्न गरिरहन्छ। समावेशिता र समानताका सवालमा समेत औंलो उठाइरहने पत्रकारिता आफैं भने कति समावेशी होला? के नेपालका सञ्चारमाध्यमले समावेशिताको पूर्ण अभ्यास गरेका होलान्?

भावसंवेदी कविता

शब्दलाई फारु गर्ने कवि/लेखक मलाई असाध्यै मनपर्छ । किनकि तिनले थोरै शब्दमा धेरै भन्न सक्छन् । कवि निर्भीकजंग रायमाझी शब्दलाई फुर्मास नगर्ने कविमा पर्छन् । अरूले नसोचेको विषय–विम्ब उनको चासो हो ।

जिरीका खर्कतिर बरालिँदा

जिरीबाट गाडीमा एक घण्टा उकालो चढेपछि पुगियो– क्याङसे पोखरी (२,४५० मि.) । कच्ची बाटो ठाउँ–ठाउँमा ग्राभेल गरेकाले यात्रा सोचेजस्तो कठिन रहेन । हामीजस्ता पटके पर्यटकले बोलेरो रिजर्भ गरेकै बेस ! ४–५ हजार तिरेपछि दिनैभरलाई आनन्द !

‘समालोचकको हिप्पोक्रेसी देखेर दिक्क लाग्छ’

लेखनमा सांस्कृतिक–वैचारिक स्पष्टता, किनारीकृतको आवाज, मुन्धुमी दर्शनसँगै वैश्विक चेतना बोक्ने प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ हालै सार्वजनिक भएको छ ।

के लेख्दै छ नयाँ पुस्ता ?

कवितामा विशेषगरी सुदूरपश्चिम लेखिरहने खेम बतासले असोजको नयाँ दिनसँगै एउटा ‘सरप्राइज’ दिए । त्यो थियो– ‘बुढीपोल्ली’ को सुखद समाचार । धेरैले यसलाई कवितासंग्रह ठाने पनि उनको पहिलो कथाकिताब हो, जुन दसैंअघि नै सार्वजनिक हुनेछ ।

उत्पादन रेडियो नेपालको, रजाइँ निजी कम्पनीको

सकेसम्म अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्ति दिन नखोज्ने भजनशिरोमणि भक्तराज आचार्य स्वास्थ्यका कारण थलिएका छन् । यतिबेला उनी तनावरहित अवस्थामा आराम गरेर बस्नुपर्ने हो । तर बेलाबेला झस्किन्छन्, आफ्ना सिर्जनाको व्यापारिक दुरुपयोग गरिएकामा ।

रमन्ता पत्रकारको भूगोल बुझाइ

पाँचथर सदरमुकाम फिदिमलाई मुकाम बनाएका गिरिराज बाँस्कोटा पत्रकारभन्दा बढी रमन्ता हुन् कि झैं लान्छ । कहिले साधुटार पुगेर सेल्फी हान्छन्, कहिले टहलिनकै लागि तमोर किनार धाउँछन् । राँकेको हुस्सु छिचोल्दै पानीटार झरेका उनी बाइकमै कन्याम पुग्छन् अनि चियाका बुट्यानलाई पृष्ठभूमिमा पारेर फेसबुकमा फोटो पोस्ट गर्छन् ।

‘शताब्दी घर’ कुरिरहेको साथी

यतिबेला गाउँको जवानी निख्रिएको छ । सामर्थ्य हराएको छ । विदेश उड्ने अनि सहर पस्ने युवाको यादमा गाउँघर नियास्रिएका छन् । ठूलो सपना बोकेर सहर पस्नेहरूमा रहर त छ, तर गन्तव्य छैन । फर्किऊँ आफू हिँडिरहने गोरेटोले नचिन्ने हो कि ? पँधेरो, चौतारोले ‘को हौ तिमी’ भनेर सोध्ने पो हो कि ? साँच्चै गाउँ बिरानो बनेको छ ।

रंगमञ्च जाग्दो छ

लेखक नारायण वाग्लेलाई केही वर्षअघि उपन्यास ‘पल्पसा क्याफे’ माथि सिनेमा बनाउने प्रस्ताव आयो । उनले सोचविचार त गरे, तर स्वीकृति दिएनन् । किताबमाथि बनेका धेरैजसो नेपाली सिनेमा ‘फ्लप’ भइरहेकामा उनको अस्वीकृति पो थियो कि !उनी यत्ति भन्छन्, ‘सायद त्यो बेला म तयार थिइनँ ।’