महाकाली नदीमा दुई वटा झोलुंगे पुल सञ्चालन भएपछि ब्यास गाउँपालिका–६ बडूगाउँ, मालिकार्जुन गाउँपालिका–६ बाकु र आसपासका बासिन्दाले तुइन र ट्युबबाट नदी तर्नुपर्ने बाध्यता हटेको छ । तीन महिनाअघि नै निर्माण पूरा भएको नेपाल–भारत जोड्ने झोलुंगे पुल बिहीबारबाट सञ्चालनमा आएको हो ।
महाकालीमा नेपाल–भारत जोड्ने दुई झोलुंगे पुल सञ्चालनमा आएका छन् । व्यास गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाकुमा निर्माण सम्पन्न भएका दुई पुल बिहीबार उद्घाटन गरिएको हो ।
कञ्चनपुरको महेन्द्रनगरस्थित होटेल ओपेराको स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । क्यासिनो खेल्न आएका भारत उत्तराखण्डको रामपुरका ३९ वर्षीय फेज अहमदको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमकै पुरानो नगरपालिका कञ्चनपुरको भीमदत्तमा कांग्रेसका पदम बोगटी प्रमखमा निर्वाचित भएका छन् । स्थानीय तहको पहिलो निर्वाचनमा पराजित भएका बोगटीले आफ्नो गुमेको साख मात्रै फर्काएनन् पारिवारिक विरासतसमेत थामेका छन् । २०३४ मा स्थापना भएको भीमदत्त नगरपालिका भारतसँग सीमा जोडिएको र भीमदत्त पन्तको कर्मथलोका रूपमा पनि चिनिने भएकाले महत्त्वपूर्ण छ ।
मोरङको सुन्दर हरैचा नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी भए । ढकाल निवर्तमान मेयर हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याए ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । शुक्लाफाँटाको मेयरमा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी उम्मेदवार कल्पनाकुमारी जोशी निर्वाचित भएका हुन् ।
चीनबाट वातावरण विज्ञानमा स्नात्तकोत्तर गरेका २८ वर्षीय भरत जोशी वडायर डडेलधुराको परशुराम नगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका उनी सुदूरमा सबैभन्दा कम उमेरका नगर प्रमुख हुन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी ब्यारेक नजिकै मोटरसाइकल र जिप ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका ५ धरमपुरका गणेश बम र भुतेश बमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कैलालीको गौरीगंगा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका देवीदत्त कँडेल र उपमेयरमा नेपाली कांग्रेसका भोजबहादुर बम निर्वाचित भएका छन् । कँडेलले १३ हजार ७९५ मत प्राप्त गरेर विजयी भएका हुन् ।
एकसाथ निर्वाचन भएका बाजुराका सात स्थानीय तहको नतिजा घोषणा भई नवनिर्वाचित जनप्रनिधिहरुले शुक्रबारदेखि पदभार समेत ग्रहण गरिसकेका छन् । तर, बुढीगंगा नगरपालिकाको विवाद भने पेचिलो बन्दै गएको छ । एक साता बितिसक्दा पनि निर्वाचन आयोगले समेत कुनै निर्णय नदिएपछि अन्यौल बढ्दै गएको हो । बुढीनन्दा नगरपालिकामा पनि विवाद भएर एउटा वडाको मतदान स्थगित भएको थियो । उक्त वडामा पुनः मतदान भइ गणनाको अन्तिम परिणाम आउने क्रममा छ ।