कपिलवस्तुका कृष्णनगर, महाराजगंज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाले अत्यावश्यक बाहेकका कार्यालय र विद्यालयमा शुक्रबार बिदा दिएका छन्।
सबैजसो स्थानीय तहहरुले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै विकास र सेवा प्रवाहलाई केन्द्रीत गरी बजेट प्रस्तुत गरेको उल्लेख गरेका छन् ।
कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङमा ग्रिनेड पड्काउने क्रममा बिहीबार दुई सैनिक घाइते भएका थिए ।
कोरोना महामारीपछि रोकिएको नेपाल–भारत सीमा निरीक्षण सात वर्षपछि पुनः सुरु भई खसेका, बगेका र हराएका सीमास्तम्भ मर्मत तथा पुनर्निर्माण गरिएको छ ।
अभ्यासका क्रममा ग्रिनेड पड्काउने क्रममा सहसेनानीसहित दुई सैनिक घाइते भएका हुन् ।
टीकापुर नगरपालिकामा नगर प्रमुख/उपप्रमुख पदमुक्त रहेको अवस्थामा कार्यबाहक नगरप्रमुखको विषयमा विवाद छ । त्यही कारण टीकापुर नगरपालिकाले बजेट ल्याउन नसकेको हो ।
असार ९, २०८३
उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ६ जनालाई जन्मकैद र क्षतिपूर्ति भराउने आदेश गरेको छ भने अन्य चारको जिल्ला अदालतकै फैसला सदर भएको छ ।
सुदूरपश्चिममा संयुक्त सरकारको सहमतिअनुसार बजेट निर्माण नभएको भन्दै एमालेले संशोधन नभए सरकारबाट बाहिरिने निर्णय गरेको छ।
असार ८, २०८३
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको भन्दै ऐश्वर्या कुँवरलाई शाखा सदस्य पदबाट निलम्बन गरेको हो ।
उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै असार ९ देखि १२ गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।
कञ्चनपुरमा एक सातायता गर्मी अत्यधिक बढेको छ ।
असारको सुरुवातसँगै सिँचाइ सुविधा भएका क्षेत्रमा किसान बिहानदेखि साँझसम्म खेतमा धान रोप्न खटिएका छन्।
असार ७, २०८३
आगामी वर्षको बजेटले स्वास्थ्य क्लिनिक, दीगो पूर्वाधार, रोजगार मेलादेखि विद्यार्थी सीप विकास र पर्यटकीय कार्यक्रमलाई प्राथमिकता दिएको छ।
असार ६, २०८३
शुक्लाफाँटा निकुञ्जभित्र रहेको शिकारी तालमा २० हजार चरा गणना हुँदा दुर्लभ र विशेष प्रजाति समेत देखिएका छन्।
यसअघि सुदूरपश्चिममा सशस्त्र प्रहरीका दुईटा मात्र विपद् व्यवस्थापन बेस थिए । डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा विपद् व्यवस्थापन बेस सञ्चालनमा थिए ।
असार ५, २०८३
जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार आठै जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा दशरथचन्द–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा एमालेले आफैं सहभागी रहेको सरकारले ल्याएको ०८३/८४ सालको बजेट अपुरो रहेको भन्दै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ।
यो बजेट केही थान नेतालाई मोटाउने, मुख्यमन्त्री र मन्त्रीका आसेपासेलाई पोस्ने दस्तावेज बनेको छ। जनताका समस्या र आवश्यकताप्रति बजेटमा कहीँ कतै सम्बोधन गरिएको छैन : नेता खगराज भट्ट
संरक्षण कार्यक्रम सुरु भएको डेढ दशकपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या ३१३ पुगेको छ ।
असार ४, २०८३
शिक्षकहरूको मार्गदर्शनमा गरिएको यो अभ्यासले विद्यार्थीलाई कृषि उद्यमप्रति आकर्षित गर्नुका साथै आत्मनिर्भर बन्ने सोच विकास गर्न सहयोग पुगेको विद्यालयहरूले जनाएका छन् ।
गन्यापधुरामा सञ्चालनमा आएको १० शय्याको अस्पतालले स्थानीयलाई सामान्य उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
दार्चुलाको मार्मा गाउँपालिका–४ मा आफ्नै घरमा श्रीमानको हत्या भएको आशंकामा श्रीमतीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
असार ३, २०८३
ढकारी गाउँपालिकाकी पूर्वउपाध्यक्ष लक्ष्मी साउदले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर चरित्र हत्या गर्दै मर्न बाध्य पारिएको बताइन् । उनले भनिन्, ‘फेसबुकमा लाइक, भ्युज र चर्चित बन्ने लोभमा चरित्र हत्या गर्ने काम गरिएको छ ।’
महालेखा परीक्षकको प्रतिवेदनमा बैतडीका १० वटै स्थानीय तहले गत आर्थिक वर्षमा खाना, खाजा र सभा सञ्चालनमा २ करोड १५ लाखभन्दा बढी खर्च गरेको देखिएको छ।
विपक्षी सांसदको बहिष्कारबीच सुदूरपश्चिम सरकारले कानुनी म्याद जोगाउन हतारमा ३७ अर्ब ७० करोडको अपुरो बजेट संसद्मा प्रस्तुत गरेको थियो ।
सुदूरपश्चिमका नौ जिल्लामा आठ वर्षमा दुई अर्बभन्दा बढी खर्चिए पनि दर्जनौं खेल मैदान प्रयोगविहीन छन्, खेलकुद पूर्वाधारको दुरुपयोग व्यापक देखिएको छ।
नवनिर्वाचित प्रदेश कार्यसमितिको उपसभापति पदमा भोजराज जोशी निर्वाचित भएका छन् भने महामन्त्रीको जिम्मेवारी सन्तोष जोशीले प्राप्त गरेका छन् । त्यस्तै सह–महामन्त्रीमा पारस बाहुन र जसु भट्ट चयन भएका छन् ।
असार २, २०८३
स्थानीय ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी राजश्व रकम संकलन नगरी हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
भीमदत्त–९ का खल्ला, टुँडीखेल र मुसेट्टीका चार सयभन्दा बढी परिवार बर्खामा बाटो, विद्युत्, औषधि र शिक्षाबाट पूर्णरूपमा बञ्चित हुने चिन्तामा छन्।