कैलालीको दक्षिणपूर्वी भेगमा पर्ने भजनी नगरपालिका–३ भजनी बजार नजिकको एक बंगुर फर्ममा अफ्रिकन स्वाइन फिभर संक्रमणबाट एक सातामै ४०५ बंगुर मरेका छन् । स्थानीय जयबहादुर बुढाले सञ्चालन गरेको बडिमालिका कृषि प्रवर्द्धन केन्द्रको फर्ममा रहेका ४८२ बंगुरमध्ये ४०५ बंगुर उक्त रोगबाट संक्रमित हुन् ।
लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सडनडेथमा हराएको हो ।
दार्चुला सदरमुकाम नजिक लास्कु खोलामा शुक्रबार राति आएको बाढीले महाकाली नगरपालिकाको बांगाबगड र डुङरीसम्म खोला किनारको बस्तीका १३ घर बगाएको छ । राति ११ बजेतिर खोलामा आएको बाढी र जिल्लाकै नौगाड गाउँपालिकामा पहिरोमा परी २ जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
कार्टुनिस्ट क्लव अफ नेपालको आयोजनामा शुक्रबार धनगढीमा भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न 'निसाना' शिर्षकमा कार्टुन प्रदर्शनी भएको छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालका अग्रज र नयाँ पुस्ताका गरी ३६ जना कार्टुनिस्टका ५० कार्टुन प्रदर्शन गरिएको छ ।
नेपाल इट्टा उद्योग महासंघले जीटूजी प्रक्रियामार्फत् कोइला उपलब्ध गराइदिन सरकारसमक्ष आग्रह गरेको छ । वर्तमान समयमा इट्टा व्यवसायीहरूले कोइलाकै लागि ठूलो समस्या ब्यहोर्नुपरेको जनाउँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । धनगढीमा सम्पन्न महासंघको १४ औं वार्षिक साधारणसभा समापनका अवसरमा मंगलबार जारी घोषणा पत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पाँचदलीय गठबन्धनमा अरू पाँच दल थपिए पनि आगामी निर्वाचनमा नेकपा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताए । तैपनि चुनावमा एमालेले अन्य कुनै दलसँग गठबन्धन नगर्ने उनको भनाइ थियो ।
शनिबार धनगढीमा भएको क्लबस्तरीय धनगढी सुपर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि जितेको हो । विजेता टिम महेन्द्रनगरले २ लाख पुरस्कार रकम प्राप्त गरेको छ भने उपविजेता बनेको लिटल फ्लावरले १ लाख प्राप्त गर्यो ।
सुदूरपश्चिम प्रदेशको एक्लो उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान नगरप्रमुख नृपबहादुर वडलाई झन्डै दोब्बर मतले पराजित गरेका हुन् । आँप चुनाव चिह्न पाएका हमालले २६ हजार ८ सय ६५ मत र वडले १४ हजार ८ सय १७ मत पाए । उनै नवनिर्वाचित मेयर हमालसँग गरिएको संक्षिप्त कुराकानी :