१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
अन्य

Other

आलाडाले मनायो अन्तर्राष्ट्रिय कृत्रिम हातखुट्टा दिवस

दोस्रो अन्तर्राष्ट्रिय कृत्रिम हातखुट्टा दिवसका अवसरमा कृत्रिम हातखुट्टा तथा सहायक सामग्री व्यवसायी संघ (आलाडा) ले नक्साल, नारायणचौरमा एक विशेष कार्यक्रम आयोजना गर्यो ।

आलाडाले मनायो अन्तर्राष्ट्रिय कृत्रिम हातखुट्टा दिवस
कार्तिक १, २०८०

कान्तिपुरकर्मी पौड्याल सम्मानित 

कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौड्याल 'सिन्धु पत्रकारिता सेतो बाघ' ले सम्मानित भएका छन् । सुनकोसी गाँउपालिकाद्वारा विजयदशमीको शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा  पौड्याललाई सम्मान गरिएको हो ।

कान्तिपुरकर्मी पौड्याल सम्मानित 
आश्विन २९, २०८०

काठमाडौं फोटोग्राफर संघको निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं फोटोग्राफर संघले शनिबार काठमाडौंमा निःशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गरेको छ ।दसैं, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्वको शुभकामना आदान-प्रदान गर्न आयोजित कार्यक्रममा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

काठमाडौं फोटोग्राफर संघको निःशुल्क आँखा शिविर सम्पन्न
आश्विन २२, २०८०

पत्रकार महिलाका लागि प्रविधिमैत्री पत्रकारिता तालिम सुरु

प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम सुरु गरेको छ । सोमबार काठमाडौँमा सुरु भएको तालिमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलाको क्षमता र दक्षता बढाउन प्रविधिलक्षित तालिम आवश्यक रहेको बताइन् ।

पत्रकार महिलाका लागि प्रविधिमैत्री पत्रकारिता तालिम सुरु

स्याङ्तानलाई तामाङ सेलो अवार्ड

‘दोस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छन् । उनले तामाङ सेलो गीत ‘सगुन छ्योइजी’ बाट अवार्ड प्राप्त गरेकी हुन् ।

स्याङ्तानलाई तामाङ सेलो अवार्ड
आश्विन १५, २०८०

पत्रकार महिलाको दक्षता बढाउन प्रदेशस्तरीय तालिम

प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता वृद्धिका लागि प्रदेशस्तरीय तालिम सञ्चालन गर्ने भएको छ । तालिम सञ्चालन गर्ने सन्दर्भमा आइतबार काउन्सिलमा भएको छलफलमा सहभागी सरोकारवालाले प्रविधिमैत्री पत्रकारिताका लागि महिलालाई अभ्यस्त गराउन सुझाव दिएका छन् ।

पत्रकार महिलाको दक्षता बढाउन प्रदेशस्तरीय तालिम
आश्विन ५, २०८०

पद्मकन्या बहुमुखी क्याम्पसको ७३ औं वार्षिकोत्सव सम्पन्न

नेपालको नारी शिक्षामा योगदान पुर्‍याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसले स्थापनाको ७३ औं वार्षिकोत्सव शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

पद्मकन्या बहुमुखी क्याम्पसको ७३ औं वार्षिकोत्सव सम्पन्न

एनआरएनएलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँछु : जोशी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा पुनः उम्मेदवारी दिने घोषणा गरेका गौरीराज जोशीले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । अमेरिका निवासी युवा व्यवसायी जोशी हाल एनआरएनए महासचिव हुन् ।

एनआरएनएलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँछु : जोशी
आश्विन ४, २०८०

धन्यन्तरी स्पोर्टस् हबमा शनिबार मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता

काठमाडौंको धु्म्बाराहीमा रहेको धन्यन्तरी स्पोर्टस् हबमा आउँदो शनिबार मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहनबहादुर शाहीको पहलकदमीमा धन्यन्तरी क्लब र सशस्त्र प्रहरीबीच प्रतियोगिता हुन लागेको हो ।

धन्यन्तरी स्पोर्टस् हबमा शनिबार मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता
भाद्र ५, २०८०

जापान सरकारबाट जान पुरस्कृत

जापानको परराष्ट्र मन्त्रालयले सन् २०२३ को ‘फरिअन मिनिस्टर्स कमेन्डेसन अवार्ड’ नेपाल जाइका अलमुनाई एसोसिएसन (जान) लाई दिने निर्णय गरेको छ ।

जापान सरकारबाट जान पुरस्कृत