सचिव मरासिनीले पाए अवकाश 

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

Secretary Marasini retired

काठमाडौँ — निजामती सेवामा ३७ वर्षको योगदानसँगै सचिव मधु मरासिनीले अवकाश पाएका छन् । यसअघि दुई पटक अर्थसचिव बनेका मरासिनीले आइतबारदेखि अवकाश पाएका हुन् ।  

निजामति सेवामा झण्डै चार दशक योगदान दिएका मरासिनी अवकाश पाउनुअघि राष्ट्रिय योजना आयोगका सचिव थिए । 

२०४३ भदौदेखि खरिदारबाट निजामती सेवामा प्रवेश गरेका मरासिनी २०४९ असारमा अधिकृत बनेका थिए । ०७७ साउन १२ देखि सचिवमा बढुवा भएका थिए । उनले करिब पाँच वर्ष सचिव भएर काम गरेका छन् । 

कान्तिपुर

Link copied successfully