तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

शिविरका क्रममा आँखा जाँच गर्नेदेखि निःशुल्क औषधी वितरणलगायत काम हुँदै आएका छन् ।

असार ११, २०८३

कान्तिपुर संवाददाता

Free cataract surgery for 337 people

काठमाडौँ — माट्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ ।

तीन चरणमा गरिएको शिविरबाट पाँच हजारभन्दा धेर आँखाका बिरामी लाभान्वित भएका हुन् ।  

शिविरका क्रममा आँखा जाँच गर्नेदेखि निःशुल्क औषधी वितरणलगायत काम हुँदै आएका छन् । केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग भएको खण्डमा निशुल्क आँखा शिविर र औषधी  पनि निशुल्क उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

पहिलो चरणमा काभ्रेपाल्चोकको नमोबुद्धमा सञ्चालन भएको शिविरमा ५० जना,सुनाकोठीमा सञ्चालन गरिएको शिविरमा २७ जना बिरामी लाभान्वित भएका छन् । साँखु वडा नम्बर ३ मा सञ्चालित शिविरमा ४१ जना र गोदाबारीमा सञ्चालित शिविरमा ६६ जना लाभान्वित भएको केन्द्रको भनाइ छ । 

गत वैशाख २६ र २७ गते सञ्चालित पहिलो चरणको शिविरमा एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।

त्यस्तै दोस्रो चरणमा जेठ २२ गते सञ्चालित शिविरबाट एक सय ८ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । जसमा  काठमाडौ महानगर १८ नरदेविमा भएको शिविरमा ५१ जना, च्यासल पाटनमा भएको शिविरमा २९ जना,भक्तपुरमा भएकोमा १५ जना र मैतिदेविमा भएको शिविरमा १२ जना गरी एक सय आठ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको केन्द्रले जनाएको छ ।

तेस्रो चरणमा जेठ ३० गते सञ्चालन गरिएको शिविरबाट भने  ७५ जना विरामी लाभान्वित भएका छन् । जसमा ललितपुर वडा नम्बर ८ मा २५ जना र छप्पी ललितपुरमा ४० गरेर कुल ७५ जना लाभान्वित भएको केन्द्रको भनाइ छ । 

कान्तिपुर

Link copied successfully