काठमाडौँ — प्रेस काउन्सिल नेपालले 'नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म' पुस्तक तयार पारेको छ । नेपाली मिडियाको सबै विधा समेटिएको यो अनुसन्धानात्मक पुस्तक ७ जना विषयविज्ञले करिब एक वर्षको अध्ययन, अनुसन्धानपछि तयार पारेका हुन् ।
काउन्सिलको मुख्य अधिकृत झविन्द्र भुसालले पुस्तकमा गोरखापत्रभन्दा अघिको पर्चाको इतिहासदेखि वर्तमान डिजिटल मिडियासम्मका विषय समेटिएको बताए ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले एउटै पुस्तकमा हिजोदेखि आज र भोलिलाई समेत आधारशीला हुने मिडियाको दस्तावेज अभाव भएर यो प्रकाशन गरिएको बताए ।
काउन्सिलले ४ वर्षदेखि मिडियाको अंग्रेजी वर्ष पुस्तक (एअर बुक) समेत प्रकाशन गरिरहेको छ ।
