काठमाडौँ — नेपाल नेटवर्क अपरेटर समूहले असार १ गतेदेखि ६ दिन लामो नेपनोग-११ सम्मेलन आयोजना गर्ने भएको छ ।
नेपाल इन्टरनेट एक्सचेन्जसँग सहआयोजनामा हुन लागेको कार्यक्रममा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु, प्राविधिक विज्ञ, विध्यार्थीहरु र अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् ।
सम्मेलनमा नेपाल टेलिकम, एनसेल, वल्ड लिंक, सुविसु, भायानेट, वेवसर्फर, डीसहोम, सीजीनेट जस्ता अग्रणी इन्टरनेट सेवा प्रदायक संस्थाहरु पनि सहभागी हुनेछन् । तीन दिने कार्यशाला एक दिने ट्युटोरियल र एक दिने सम्मेलन गरेर कार्यक्रमलाइ तीन भागमा बाढिएको छ ।
कार्यक्रममा सहभागी हुन चाहनेले www.npnog.org मा गएर अनलाइन दर्ता गर्न सक्नेछन्।
