कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा रुपेश श्रेष्ठ नियुक्त

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय श्रेष्ठसँग कान्तिपुर टेलिभिजनबाहेक अन्य सञ्चारमाध्यममा पनि फरक–फरक भूमिकामा काम गरेको अनुभव छ ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Rupesh Shrestha appointed as news chief of Kantipur Television

काठमाडौँ — कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा रुपेश श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठलाई व्यवस्थापन समितिको निर्णयअनुसार सोमबार समाचार प्रमुखमा नियुक्त गरिएको हो। उनी गत असोजदेखि निमित्त समाचार प्रमुखको भूमिकामा थिए।

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले परिवर्तित परिस्थितिमा समाचार कक्षको नेतृत्व गर्दै श्रेष्ठले कान्तिपुर टेलिभिजनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय श्रेष्ठसँग कान्तिपुर टेलिभिजनबाहेक अन्य सञ्चारमाध्यममा पनि फरक–फरक भूमिकामा काम गरेको अनुभव छ। चर्चित टक–शो कार्यक्रम ‘फायरसाइड’का प्रस्तोतासमेत रहेका श्रेष्ठले पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन्।

कान्तिपुर

Link copied successfully