कोशी र मधेशमा  जलवायु परिवर्तन र शासन प्रणालीबारे बहस

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Debates on climate change and governance in Koshi and Madhesh

काठमाडौँ — ग्लोबल सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटी गर्भनेन्सले नेपालमा जलवायु परिवर्तन र यससँग सम्वन्धि शासन प्रणालीका विविध पक्षबारे सरोकारवालासँग प्रदेशतहमा अन्तर्क्रिया आयोजना गरेको छ ।

जलवायु परिवर्तनको क्षेत्रमा शासन प्रणालीलाई सबल बनाउने तथा यसबारे थप पहलका लागि पैरवी गर्न प्रदेशसभाका सांसद, नागरिक समाज, प्राज्ञिक क्षेत्र र सुरक्षा निकायका प्रतिनिधिको सहभागितामा अन्तर्क्रिया गरिएको संस्थाका कार्यकारी निर्देशक अभयराज जोशीले जानकारी दिए ।

मधेश प्रदेशको धनुषा र कोशी प्रदेशको इटहरीमा भएको अन्तरक्रियामा जलवायु परिवर्तनको क्षेत्रमा शासन प्रणालीको महत्व तथा मुख्य सरोकारवाला पक्षबीचको सहकार्य र समन्वयबारे केन्द्रित रहेर बहस गरिएको थियो । 

Debates on climate change and governance in Koshi and Madheshमधेश प्रदेशको अन्तक्रियामा वातावरण र दिगोपन सम्वन्धि विषयका विज्ञ देवनारायण मण्डल र कोशी प्रदेशको अन्तर्क्रियामा विज्ञ दीपकविक्रम थापा क्षेत्रीले विपद् र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षाको मामिलाबारे प्रस्तुति गरेका थिए ।

दुवै प्रदेशको अन्तर्क्रियामा पूर्वसांसद दीपकप्रकाश भट्टले जलवायु परिवर्तनको सन्दर्भमा नीति निर्माण प्रक्रियामा अन्तराष्ट्रिय अभ्यास र सांसदको भूमिकाबारे प्रस्तुत गरेका थिए । सो संस्थाले कर्णाली र सुदुरपश्चिम प्रदेशमा  पनि यसअघि बहस र अन्तर्क्रिया कार्यक्रम गरिसकेको छ ।

कान्तिपुर

Link copied successfully