मानव-एआई सहकार्यबारे काठमाडौंमा सम्मेलन हुँदै

कार्यक्रममा स्विस न्यूरोसाइन्टिस्ट तथा उद्यमी पास्कल कौफम्यान मुख्य वक्ताका रूपमा रहनेछन् ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Conference on human-AI collaboration being held in Kathmandu

काठमाडौँ — ग्रोथ लिडरसिप एकेडेमी (जीएलए) ले काठमाडौंमा 'द ह्युमन-एआई एलाइन्स: शेपिङ्ग द फ्युचर अफ लिडरसिप एन्ड वर्क' सम्मेलन आयोजना गर्ने भएको छ ।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा शनिबार साँझ ५:३० बाट ७:०० सम्म चल्ने कार्यक्रमको मुल नारा ' नेतृत्वको भविष्य मानव र एआई' राखिएको छ ।

सम्मेलनमा २१औं शताब्दीको कार्यस्थलमा मानिस र  एआईको समन्वयबारे छलफल हुनेछ । कार्यक्रममा स्विस न्यूरोसाइन्टिस्ट तथा उद्यमी पास्कल कौफम्यान मुख्य वक्ताका रूपमा रहनेछन् । प्रविधिको दुनियाँमा उनको ठूलो ख्याति छ ।

अमेरिकी बिजनेश जर्नल इन्कले केही समयअघि  अग्रणी बौद्धिक आवाजका रूपमा उनको चर्चा एलन मस्क र स्टेफेन हकिङसँगै गरेको थियो ।

कौफम्यानले ज्यरिचको स्विस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी र नर्थवेस्टर्न युनिभर्सिटीबाट न्यूरोसाइन्स र इकोनोमिक्समा मास्टर्स डिग्री गरेका छन् । 

कान्तिपुर

Link copied successfully