अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रक्तदान र नि:शुल्क आँखा शिविर

माघ ११, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा खुला रक्तदान तथा नि:शुल्क आँखा शिविर आयोजना गरिएको छ । 

त्रिवि भन्सार कार्यालय, नेपाल भन्सार एजेन्ट संघ काठमाडौं, नेपाल निर्यात परिषद् ठमेललगायत संस्थाको संयुक्त आयोजनामा काठमाडौंमा शुक्रबार रक्तदान र आँखा शिविर सम्पन्न भएको हो । त्यस अवसरमा १०० जनाले रक्तदान गरेको र १६५ जना सर्वसाधारणको आँखा परीक्षण गरिएको भन्सार एजेन्ट महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए । 

शिविरमा कान्तिपुर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले सहयोग गरेका घिमिरेले बताए । 


कान्तिपुर

Link copied successfully