महासंघको एसोसिएट तर्फ कार्यकारिणी सदस्यमा जश श्रेष्ठको उम्मेदवारी 

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठको प्यानलबाट उनी सदस्य पदमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Jash Shrestha's candidacy for the position of associate executive member of the Federation

What you should know

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फ कार्यकारिणी सदस्य पदमा जश श्रेष्ठले आफ्नो उम्मेदवारी दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठको प्यानलबाट उनी सदस्य पदमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

युवा उमेरमै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका जश श्रेष्ठ एक समर्पित, दूरदर्शी र ऊर्जाशील उद्यमीका रूपमा चिनिन्छन् । उनी हाल जे ए ग्रुप नेपाल प्रालिका कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् भने भिस्टा नेपाल प्रालि, हिमालयन बोधि स्पाइसेज र हिमालयन बोधि इन्टरनेशनल ट्रेड प्रालिका अध्यक्षका रूपमा विभिन्न व्यवसायिक क्षेत्रको नेतृत्व गरिरहेका छन्। साथै, नबिल बैंक, कुमारी बैंक र नेशनल हाइड्रोपावर कम्पनीका सेयरधनी हुन् ।

व्यवसायसँगै संस्थागत क्षेत्रमा पनि उनको संलग्नता उल्लेखनीय छ। उनी नेपाल युवा उद्यमी मञ्च (ललितपुर) का पूर्व कार्यकारी सदस्य हुन् भने हाल एनवाईईएफ कनेक्टसँग आबद्ध छन्। यसले उनी युवा उद्यमीहरूबीच पनि लोकप्रिय र प्रभावशाली रहेको पुष्टि गर्छ।

श्रेष्ठले  थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए, स्पेनको ईएडीएबाट मार्केटिङमा स्नातकोत्तर, काठमाडौं विश्वविद्यालयबाट बीबीए र भारतको बिशप कटन स्कुलबाट आईएससीई शिक्षा हासिल गरेका छन् । अन्तर्राष्ट्रिय मञ्चमा पनि उनले आफ्नो क्षमता प्रमाणित गर्दै जी–२० युवा उद्यमी सम्मेलन, भारतमा सहभागिता जनाएका छन् भने २०२४ मा एक्सिटो एक्सिलेन्स अवार्ड र दुबईमा अन्तर्राष्ट्रिय उत्कृष्टता अवार्ड प्राप्त गरेका छन् ।

यसैबीच, उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठ पनि वर्तमान उपाध्यक्षका रूपमा अनुभव, सरलता र सबैसँग मिल्ने स्वभावका कारण उद्योगी–व्यवसायीबीच लोकप्रिय व्यक्तित्वका रूपमा परिचित छिन्। नेपाल रत्न तथा आभूषण संघकी पूर्व अध्यक्षसमेत रहेकी उनी बलियो नेतृत्वसहित अघि बढिरहेकी छन्। वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालको प्यानलमा समेटिएको यो टिमलाई  विश्वासिलो टोलीका रूपमा लिइएको छ।

कान्तिपुर

Link copied successfully