काठमाडौँ — हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा. सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई वटा अवार्ड जितेकी छिन्।
मंगलबार काठमाडौंमा हाउस अफ फेसन नेपालले पत्रकार सम्मेलन गर्दै ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.मल्लले दुई अवार्ड जितेको जानकारी दिएको हो।
वरिष्ठ दन्त चिकित्सकको रुपमा कार्यरत डा.मल्लले उक्त प्रतियोगितामा मिसेस इन्स्पिरेश्नल तथा सेकेण्ड रनर्स अपको उपाधि जितेकी हुन्। उक्त प्रतिस्पर्धामा जितेको क्राउन लगाएरै प्रस्तुत डा.मल्लले विश्वका विभिन्न २५ देशका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गरेर दुई अवार्ड जित्न सफल भएकी हुन्।
'मुख्य उपाधि जित्न नसके पनि सेकेण्ड रनर्स अप तथा मिस इन्स्पिरेश्नल (सबैभन्दा प्रेरणादायी) को अवार्ड जित्नु आफैँमा उपलब्धिमूलक रहेको ठानेकी छु,' उनले भनिन्।
डा.मल्लले बैंककमा सम्पन्न उक्त प्रतियोगिताको क्रममा आफूलाई ‘मिसेस नेपाल’ भनेर गरिएको सम्बोधन, नेपालको पर्यटनका बारेमा राखिएको जिज्ञासा तथा तिनको समाधानको क्रममा आफू अझ बढी गौरवान्वित भएको धारणा व्यक्त गरिन् ।
