काठमाडौँ — भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय) संस्थाका सदस्यहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने भएको छ ।
केएमसी हस्पिटलमा भर्ना भएका बिरामीको निम्ति २५ प्रतिशत छुट र ओपीडी सेवामा १० प्रतिशत छुट दिनेगरी सोमबार समाजका तर्फबाट अध्यक्ष वीरबहादुर भण्डारी र अस्पतालका कार्यकारी अध्यक्षसोयना शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यस अवसरमा सांसद चन्द्र भण्डारी, केएमसी प्रशासन विभाग प्रमुख नारायण दाहाल, समाजका प्रमुख संरक्षक जीवनकुमार भण्डारी, वरिष्ठ उपाध्यक्ष रामकुमार भण्डारी, कोषाध्यक्ष रामहरि भण्डारीलगायत पूर्व र वर्तमान पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।
यसअघि धुम्बाराहीस्थित ह्याम्स अस्पतालसँग पनि भण्डारी सेवा समाजले आफ्ना सदस्यलाई उपचार सेवामा सहुलियत दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थियो ।
