च्यासल मैदानमा भएको खेलमा नेपाल खेलकुदले नेपाल बेस्टलाई ११–० गोलले पराजित गरेको हो ।
काठमाडौँ — नेपाल खेलकुदले एन्फा वुमेन्स लिग छनोट २०८२ मा शुक्रबार अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित निकालेको छ । च्यासल मैदानमा भएको खेलमा उसले नेपाल बेस्टलाई ११–० ले पराजित गरेको हो । त्यसमा अनिता रानागमर एक्लैले चार गोल गरिन् ।
यस्तै, यशोदाकुमारी चिरालले तीन गोल गरिन् । त्यसबाहेक तुलसीकुमारी ओली, अन्जलीकुमारी योञ्जन, वर्षा कुँवर र सुनिता सुनारले एक एक गोल गरे । समूह ‘बी’ मा प्राप्त यस जितपछि नेपाल खेलकुदको १० अंक भएका छन् । नेपाल बेस्ट भने एकै अंकमा सीमित रह्यो र दुवै टिम छनोट समीकरणबाट बाहिरिसकेका छन् ।
समूह ‘ए’ को शुक्रबार नै भएको खेलमा सिन्धुपाल्चोक र रियालले २–२ को बराबरी खेले । सिन्धुपाल्चोकका लागि अनु भुसाल र समीक्षा आचार्यले गोल गरे । रियालकातर्फबाट दुवै गोल फुलमाया तामाङले गरिन् । दुवै टिम यस समूहको पुछारमा छन् र पहिलो पटक एक अंक बटुलेका हुन् ।
