ऊर्जा विकास सम्बन्धी फोटो प्रदर्शनी

माघ ५, २०८१

कान्तिपुर संवाददाता

Photo exhibition on energy development

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को रजत जयन्तीको सन्दर्भमा शुक्रबार ऊर्जा विकासमा केन्द्रीत फोटो प्रदर्शनी भएको छ ।

इप्पान र फोटो पत्रकारहरूको संस्था (पीजे क्लब)को सहकार्यमा भएको प्रतियोगिताबाट छनोट भएका ५० उत्कृष्ट तस्बिरहरू प्रदर्शनीमा राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनीको अवलोकन गर्दै प्रतियोगिता विजेताको घोषणा गरे।

ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि प्रदर्शनी अवलोकन गरेका थिए। प्रतियोगितामा सुरविनकुमार पुनले खिचेको तस्बिरले प्रथम स्थान प्राप्त गर्‍यो । र, किरण पाण्डेले दोस्रो स्थान हात पारे भने अनिता कार्की तेस्रो स्थानमा रहिन् ।

विजेताहरूलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको पीजे क्लबका अध्यक्ष द्वारिका काफ्लेले जानकारी दिए।

कान्तिपुर संवाददाता

Link copied successfully