ईमाद्वों नेवाः दबूको नवौं वार्षिक साधारणसभा तथा चौथौं अधिवेशनबाट न्हुछेमान महर्जन अध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौँ — ईमाद्वों नेवाः दबू, अफल, चिनक्वः व दुखरचा, महानलक्ष्मी नगरपालिका–१ इमाडोल, ललितपुरको नवौं वार्षिक साधारणसभा तथा चौथौं अधिवेशनबाट न्हुछेमान महर्जन अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा योगेश श्रेष्ठ, सचिवमा हरिकृष्ण महर्जन, सहसचिवमा राजेश महर्जन, कोषाध्यक्षमा सुरेन्द्र बज्राचार्य तथा सहकोषाध्यक्षमा दिनेश महर्जन निर्वाचित भएका छन् ।
वडा अध्यक्ष छिरिङ लामाको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट कार्यसमिति सदस्यहरूमा नरेन्द्र महर्जन, सुरेश महर्जन, दीपक महर्जन, अमिता तन्डुकार र विद्या श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमका अवसरमा तारापुञ्ज स्कुल तथा ललित टोल परिवारलाई सम्मानसमेत गरिएको थियो ।
