तालिमको सहजीकरण ट्राफिक प्रहरीका प्रतिनिधिहरूले गरेका थिए ।
काठमाडौँ — राइड सेयरिङ कम्पनी इन्ड्राइभले आफ्ना चालकलाई सुरक्षित यात्राबारे तालिम दिएको छ । ‘इन्ड्राइभसँग सुरक्षित यात्रा, तपाईंको रोजाइमा’ अभियानअन्तर्गत कम्पनीले आफ्ना ड्राइभर पार्टनरलाई विशेष सुरक्षा तालिम प्रदान गरेको हो ।
तालिमको सहजीकरण ट्राफिक प्रहरीका प्रतिनिधिहरूले गरेका थिए । उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायबीच सहकार्य तथा साझा जिम्मेवारीको महत्वबारे जानकारी दिएका थिए ।
इन्ड्राइभ नेपालकी ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता लिम्बू राईले जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकास गर्न तालिम प्रदान गरिएको बताइन् । उनले भनिन्, 'यसको असर सेवाग्राहीको यात्रा अनुभवमा पर्नेछ।'
