करुणा फाउण्डेसन नेपाल सम्मानित 

जन्मजात तथा जन्मपश्चात विकसित हुने अपाङ्गता रोकथाम एवं अपाङ्गता भएका व्यक्तहिरूको पुनःस्थापनाका क्षेत्रमा कार्यरत संस्था करुणा फाउन्डेसन सम्मानित भएको छ ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — कल्याणमणी आचार्य दीक्षित स्मारक कोषले बहिरोपनको क्षेत्रमा विशिष्ट योगदान गर्ने संस्था वा व्यक्तिलाइ प्रदान गर्ने पुरस्कार यस वर्ष करुणा फाउण्डेसन नेपाललाइ प्रदान गरेको छ ।

फाउन्डेसन जन्मजात तथा जन्मपश्चात विकसित हुने अपाङ्गता रोकथाम एवं अपाङ्गता भएका व्यक्तहिरूको पुनःस्थापनाका क्षेत्रमा कार्यरत संस्था हो । 

करुणा फाउण्डेसनले कोशी प्रदेशका १ सय ३७ पालिकामा कोशी प्रदेश सरकार तथा स्थानीय तहहरूसँगको आर्थिक तथा प्रावधिकि साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन लगायतका काम गरिरहेको छ ।

फाउन्डेसनले कोषबाट प्राप्त सम्मानले संस्थालाई अझ प्रभावकारीरूपमा काम गर्न उत्प्रेरणा दिएको बताएको छ ।

कान्तिपुर

Link copied successfully