दुवै गीतमा अर्घाखाँची, पाल्पा र गुल्मीका लगायत पश्चिम भेगका मौलिक लोकधुन समेटिएको छ ।
काठमाडौँ — श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजले तिहारको छेको पारेर दुई नयाँ मौलिक भजन लक्ष्मी पुकार र श्रीकृष्ण लिला देउसी भैलो सार्वजनिक गरेको छ ।
लक्ष्मी पुकार भजनमा शब्द, स्वर र संगीत शेषनारायण पोख्रेलले तयार पारेका हुन् । यो गीतमा समाजका अन्य सदस्यहरूको सामूहिक स्वर पनि समेटिएको छ । श्रीकृष्ण लिला देउसी भैलोमा देबी प्रसाद, चुरामणी र घनश्याम पोख्रेलको शब्द रहेको छ । यसमा देबी प्रसाद पोख्रेल, गोमा न्यौपाने सहित समाजका सदस्यहरूले स्वर भरेका छन् ।
यि दुवै गीतको भिडियो निर्देशन सुरज खनालले गरेका हुन् । गीतमा अर्घाखाँची, पाल्पा र गुल्मीका लगायत पश्चिम भेगका मौलिक लोकधुन समेटिएको छ । समाजका अध्यक्ष शेषनारायण पोख्रेलले आफुहरुले स्थानीय लोक भजन र संस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरण गर्न गीत सार्वजनिक गरेको बताए ।
