उनलाई कला तथा ललितकला क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
काठमाडौँ — कान्तिपुरकर्मी प्रकृति दाहाल सम्मानित भएकी छन्। ‘नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज’ले आफ्नो ३० औं र ३१ औं वार्षिक साधारणसभाको अवसरमा उनलाई सम्मान गरेको हो।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हा, नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सन्तोष चन्द्र कुँवर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले संयुक्त रुपमा दाहाललाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।
नेपाल ललितकला पत्रकार समाजकी सदस्यसमेत रहेकी उनलाई कला तथा ललितकला क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको योगदानको कदर गर्दै सम्मान गरिएको नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सन्तोष चन्द्र कुँवरले बताए । कार्यक्रममा उनीसंगै १३ जना कलाकारलाई पनि सम्मान गरिएको थियो ।
