कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । एमालेका चार सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेपछि उनको पद जोगिएको हो ।
केही दिनदेखि नेपालमा कोरोना संक्रमण बढिरहेको छ । पछिल्लो समय यूके भेरियन्टका कारण संक्रमण बढिरहेको र त्यसबाट विशेषगरी विद्यालय जाने उमेर समूहका विद्यार्थी उच्च जोखिममा रहेको जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् ।
केन्द्रमा एमाले र माओवादीबीच भएको सत्ता भागबण्डामा कर्णाली प्रदेशमा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । सबैभन्दा ठूलो दल बनेपछि कर्णालीको पहिलो मुख्यमन्त्री बन्ने चाहना राखेका एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल सत्ताधारी दलका नेता हुनपुगे ।
वरिष्ठ पत्रकार सर विलियम मार्क टली ५५ वर्षदेखि भारतमा छन् । उनले दिल्लीबाटै बीबीसीका लागि ३० वर्षभन्दा बढी पत्रकारिता गरे । दुई दशकभन्दा बढी त बीबीसीको दक्षिण एसिया ब्युरो प्रमुख नै रहे । त्यस अवधिमा उनले नेपाल, भारत र दक्षिण एसियाका अन्य मुलुकका महफ्वपूर्ण राजनीतिक, आर्थिक र सामाजिक घटनाको रिपोर्टिङ गरे ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । संक्रमितको संख्या उकालो लाग्दै गरेको तथ्यांकले देखाएका छन् ।
नयाँ सत्ता समीकरणबारे छलफल गर्न कांग्रेसले शुक्रबार बोलाएको तीन दलको बैठक निष्कर्षविहीन रुपमा टुंगिएको छ । शुक्रबार आफ्नै निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठकमा सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखे ।
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमलाई साथ दिँदै माओवादी केन्द्रबाट एमालेतर्फ लागेका चार जना नेता बिहीबार सांसद पद खारेजीसँगै मन्त्रीबाट पदमुक्त भएका छन् । २०७४ सालको चुनावबाट निर्मित प्रतिनिधिसभामा दल त्याग गरेको आधारमा प्रत्यक्ष निर्वाचित सांसदको पद गएको यो पहिलो घटना हो ।
केही हप्तादेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा वायु प्रदूषण र तुवाँलो बढेको छ । डढेलोलगायत अन्य विविध कारणले प्रदूषण भएको विज्ञहरुले बताउँदै आएका छन् । कचौरा आकारको काठमाडौं उपत्यकाको भौगोलिक अवस्थितिका कारण यहाँ प्रदूषण उच्च भएको विज्ञहरु बताउँदै आएका छन् ।
मुलुकमा कोभिड–१९ को महामारी चलिरहेका बेला २०२० अगस्टमा पहिलो पटक नेपाललाई कोरोना भाइरसविरूद्धको खोपको आशा देखाउने मुलुक हो– रूस । त्यसबेला नेपालका लागि रूसका राजदूतले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सिंहदरबारमा भेटेर आफ्नो देशले कोभिड–१९ विरूद्धको खोप उत्पादन गरेको र नेपाललाई पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । रूसी खोप ‘स्पुतनिक–५’ नेपालमा आइसकेको भने छैन ।