समाज र समयको वेग, भाव र भाषाबाट बेखबर अनुचरहरूको घेरामा आफूलाई शक्तिशाली ठान्दै आएका देउवा आज ‘मेरो कम्मरको खुकुरी कुन हुस्सुले लग्यो’ भन्दै झस्किएका छन् । उनीहरूको ‘इकोचेम्बर’मा भवितव्य आइलागेको छ । तर योभन्दा उन्नत राजनीतिक अवसान स्वयं देउवालाई पनि स्वीकार्य थिएन ।
‘यो दुर्भाग्य छ, मधेशमा पनि ठूलो दल पहिलो एमाले, दोस्रो कांग्रेस, त्यसपछि मात्रै जसपा र चौथोमा जनमत हो ’– सीके राउत, अध्यक्ष, जनमत पार्टी
राजनीतिकरणले गर्दा संवैधानिक अंगहरुले नै आत्मविश्वासै गुमाएका छन् । कामहरु पनि प्रभावित भएका छन् । कार्यपालिका, विधायिका, न्यायपालिका सबैको नियुक्ति प्रणालीमा भएको त्रुटिहरु राजनीतिकरणको खास प्रभावले हो ।
अब गोला प्रक्रियाबाट मन्त्रिपरिषद् चलाइदिने हो भने के हुन्छ ? प्रहरीले त्यसो गरे के हुन्थ्यो ? युनिभर्सिटी, अस्पताल र हरेक आयोगमा त्यस्तो भयो भने के हुन्छ ? अख्तियारका पनि विभिन्न विभाग हुन्छन्, यसमा यस्तो भयो भने के हुन्छ ?