कांग्रेसमा फरक पहिचानसहित उदाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको शैलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्, त्यो पनि केन्द्रीय कार्यसमिति बैठकमै । देउवाको फरक कित्ताबाट महामन्त्रीमा जितेका र नेतृत्वमा पनि फरक मत दर्ज गर्दै आएका यी दुई नेताले आपसी सहकार्यको रणनीति पनि लिएका छन् ।
आधा शताब्दीसम्मका राजनीतिक सहयोद्धा माधव नेपालको नाम ‘झुक्किएर’ मुखबाट निस्किनासाथ एमाले अध्यक्ष केपी शर्मा ओली कुल्ला गर्न गएका मौकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले उधुम मच्चाएका छन् ।